फलोअप

यस्तो छ संजीवनी हस्पिटलको कर्तुत

बोर्ड बैठकले कार्यकारी निर्देशक निलम्बन



Download our app to get more features

विराटनगर, २७ असार । थप उपचारका लागि रेफर गर्नुपर्ने बिरामीलाई जवर्जस्ती राखेर उपचारको बाहानामा पैसा असुल्ने संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिलाई कारवाही गर्न उपभोक्ताहरुले माग गरेका छन् ।

बिरामीको थप उपचारकालागि अन्यत्र रेफर गर्नु पर्ने भएपनि आफ्नै अस्पतालमा राखेर जवर्जस्ती उपचार गर्न लगाउने विराटनगरको सञ्जीवनी हस्पिटललाई कारवाही गर्न उपभोक्ताहरुले माग गरेका हुन् ।

उपभोक्तावादी संस्था पब्लिक फोरम नेपालले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने हस्पिटललाई तत्काल छानविन गरि आवश्यक कारवाही गर्न माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले उजुरी अनुसन्धान गरि दोषी अस्पताललाई कारवाही गर्ने प्रतिवद्धता जनाएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

विराटनगर अस्पताल चौकमा रहेको उक्त नीजि अस्पतलामा उपचार गराउन भर्ना भएकी बिरामी रुरुमाया मुगनलाई थप उपचारकालागि अन्यत्र रेफर गर्नुपर्ने भएपनि नगरि राखिएको थियो । अस्पतालमा कार्यरत चिकित्सकहरुले धरान रेफर गर्नुपर्ने बिरामीलाई अस्पतालमा जवर्जस्ती राखेर उपचारको बहाना बनाउनु गलत हुने भनेपछि अस्पतालको उक्त कर्तुत बाहिर आएको थियो ।

आफ्नोमा राखेर उपचार गराउनु पर्ने बिरामीलाई अन्यत्र रेफर गरेर घाटा पुरयाएको भन्दै सञ्जीवनी अस्पतालले कार्यरत डाक्टर आलोक रायलाई ५० हजार जरीवाना गराएको थियो । डाक्टर रायले आफुले उपचार गराउन नसक्ने र बिरामीलाई तुरुन्त विपी प्रतिष्ठान धरान लानुपर्ने बताएपनि अस्पतालले जवर्जस्ती गरेको थियो ।

पहिले नोवेल अस्पतालमा भर्ना गरिएकी बिरामी रुरुमाया मुगनलाई नोवेल अस्पतालले विपी प्रतिष्ठान धरान उपचारका लागि लैजान रेफर गरेको थियो । तर कमिसनको लोभमा परी एम्बुलेन्स चालकले बिरामीलाई सञ्जीवनी हस्पिटल पु¥याएका थिए । 

बोर्ड बैठकले कार्यकारी निर्देशक निलम्बन
संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिका कार्यकारी निर्देशक कमलेश कर्ण र प्रशासकीय अधिकृत राम पण्डितलाई  निलम्बन  गरेको छ । 
अस्पतालको बोर्ड बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । 

हस्पिटललको नयाँ आएका व्यवस्थापकले बिरामीलाई आफ्नै हस्पिटलबाहेक अन्यत्र रेफर भएर जान नदिकन आम्दानीको लोभमा चिकित्सवलाई जबर्जस्ती सोही अस्पतालमै उपचार गराउन बाध्य बनाएको रहस्य सञ्चारमाध्यबाट सार्वजानि गरेको थियो । यस्तो रहस्य सार्वजनिक भएसँगै अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर आलोक रायलाई ५० हजार रुपैयाँ जरिमाना गराइ जागिरबाट हटाएको अवकासको पत्र थमाउने कार्यकारी संचालक कर्ण र प्रशासकिय अधिकृत पण्डितलाई अस्पतालको बोर्ड बैठकले निलम्बन गरेको हो । 

अस्पतालको बोर्ड बैठकले पत्र काटने कार्यकारी निर्देशक र प्रशासकिय अधिकृतलाई निलम्बन गरेको सञ्चालक राजेश प्रसाइले पुष्टि गरे । ‘सबै विवाद मिलाइसकेका छौं,’ प्रसाईले भने, ‘पत्र काट्ने व्यवस्थापकलाई पनि निलम्बन गरेका छौं ।’ त्यस बेला भावनामा बगेर गरेको निर्णय मुख्य नभएको प्रसाईको भनाइ छ । प्रसाईले कस्तो कर्मचारीलाई कस्तो पत्र काट्ने र भाषा के लेख्ने भन्ने विषयमा ज्ञान नदेखिएको कारण कर्णलाई निलम्बन गरिएको बताए पनि बिरामीलाई रेफर गर्न नदिएको विषयमा भने बोल्न चाहेनन् । 

अस्पतालमा कार्यरत डाक्टर आलोक रायलाई एक बिरामीलाई उपचार गर्न नसक्ने भन्दै विपी प्रतिष्ठानमा रेफर गर्दा ५० हजार आम्दानी घाटा गराएको भन्दै कर्ण र पण्डितले अवकासको पत्र थमाउँदै जरिमाना तिर्न बाध्य गराइएको थियो । दुई जना व्यवस्थापक कर्ण र पण्डित हस्पिटलमा नयाँ व्यवस्थापकको रुपमा आएका थिए । उनीहरु आएको १५ दिन नपुग्दै निलम्बनमा परेका छन् । 
डाक्टर आलोकलाई असार २० गतेदेखी लागु हुने गरि अवकासको पत्र अस्पतालका लेटरप्याडमा लेखेर कार्यकारी निर्देशक कर्णले हटाएका थिए । 

चार जना डाक्टरद्धारा राजिनामा 
विना कारण कुनै स्पष्टिकरण नसोधि डा. आलोकलाई अस्पताल व्यवस्थापकले हटाएपछि अन्य ४ जना मेडिकल अफिसर डाक्टरहरुले पनि राजिनामा दिएको खुलेको छ । राजिनामा दिने मडिकल अफिसियर डा. दिप्र लोहनी, सुजता चौधरी, राहुल चौधरी र राकेश बैठले असार २० गते सामुहिक राजिनामा दिएको बताइएको छ । 

तीन महिनादेखी चिकित्सवले तलब पाएनन्
यस अस्पतालमा कार्यरत चिकित्सकलाई ३ महिनादेखिको तलब नदिइएको, बिरामीलाई जबर्जस्ती उपचार गर्न लगाउने गरेको, ओपिडी समयमा भन्दा अन्य समयमा पनि काममा लगाउने गरेको, डाक्टरको अपमान गर्ने र व्यवस्थापकहरू पैसाको पछि मात्रै लाग्ने गरेको त्यही कार्यरत चिकित्सवहरुको भनाइ छ ।

हाल उक्त विवाद भने समाधान भइरहेको अस्पतालका संचालक प्रसाईले बताउँदै आएका छन् । 

व्यवस्थापक कर्णले डा. रायलाई असार १९ गते बेलुका ११ बजे हस्पिटलमा वर्ष ४७ को रुरु माया मुगनलाई विपी प्रतिष्ठानमा रिफर गरेपछि अस्पताललाई घाटा भएको भन्दै ५० हजार रुपैयाँ जरिवना गरि २० असारदेखि जागिरबाट हटाएको पत्र थमाएका थिए ।

त्यसपछि चिकित्सक रायले उक्त हस्पिटलले कुनै स्पष्टीकरण माग नगरी सिधै जरिमाना गरि जागिरबाट निकालेको भन्दै आवश्यक सहयोग माग्दै असार २१ गते नेपाल चिकित्सव संघ कोशी अञ्चल विराटनगरमा निवेदन दिएका थिए । उक्त निवेदन र अस्पतालले दिएको पत्र बाहिर आएपछि घटना अझै उत्कर्षमा पुगेको थियो । 

संजीवनि हस्पिटलमा चिकित्सवकै लगानी 
११ जना संचालक रहेको संजीवनी अस्पतालमा डाक्टरहरुको पनि लगानी रहेको छ । जसमा डाक्टर प्रेरणा दाहाल, डा. अन्जु देव रहेका छन् । अन्य संचालकमा राजेश प्रसाई, ओम प्रसाई, विनय पन्त, विनायक पोखरेल, राज मण्डल, कमलेश कुमार कर्ण, सुरेन्द्र राय र पवन पराजुलीलगायत छन् ।

माफि मागे कार्यकारी निर्देशक कर्णले 
हस्पिटलका कार्यकारी निर्देशक कणले डा. आलोक रायलाई दिएको चिठीमा प्रक्रिया गलत भएको भन्दै माफि मागेका छन् । उनले नेपाल चिकित्सव संघ कोशी अञ्चल विराटनगरलाई एक पत्र लेख्दै माफि मागेका हुन् । ‘डा. आलोकलाई दिएको चिठीको प्रक्रिया गलत भएकोले संजिवनी हस्पिटलको तर्फबाट क्षमा प्राथी छु,’ उनले लेखिएको चिठीमा उल्लेख छ । 

३. हस्पिटलले चिकित्सव रायलाई कारबाही गरेको पत्र 
४. डा. आलोकले चिकित्सक संघमा पठाएको पत्र ।

Last modified on 2018-07-13 13:37:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts