डा. केसीसँग वार्ता गर्न सरकार तयार छ : स्वास्थ्य राज्यमन्त्री अर्याल



Download our app to get more features

काठमाडौं, २७ असार । स्वास्थ्य राज्यमन्त्री पद्मामा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राज्यमन्त्री अर्यालले डा. गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले वार्तामा आउन आग्रह गरेको बताइन । मन्त्री अर्यालले डा. केसीको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर रहेको दावी गर्दै उपचारको लागि कुनै कसर बाँकी नराख्ने जनाइन । कार्यक्रममा उनले डा. केसीको समर्थन गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई आन्दोलन स्थगन गर्दे बिरामीको सेवामा जुट्न पनि आग्रह गरिन । 

सञ्चालनमा रहेको मेडिकल कलेजमाथि पनि छानबिन गर्नुपर्छ : भट्टराई
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले पनि डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरे । नेता भट्टराईले डा. केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र नेपपा तयार रहेको स्पष्ट पारे । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार जनालाई सहज रुपमा उपलब्ध गर्दा सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले डा. केसी कहिले काठमाडौ र कहिले जुम्ला पुगेर अनशन बस्न नपर्ने बताए । सो अवसरमा उनले हाल सञ्चालमा रहेका मेडिकल कलेजमाथि पनि छानबिन गर्नुपर्ने जोड दिए । 

डा. केसीका माग नेपाली जनताका हुन् : पाण्डे
कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग कुनै राजनीतिक दल वा समुहका पक्ष वा विपक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । माथेमा प्रतिवेदनले दिएका सुझावका आधारमा ल्याईएको अध्यादेशको साटो प्रतिवेदनको भावनाविपरित सरकारले प्रतिस्थापन विधेयक ल्याएकाले अहिलेको समस्या निम्तिएको पाण्डेले बताए ।
 
वर्ताका लागि सरकारले पर्याप्त पहल गरेन : पौडेल
नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डाक्टर ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए ।  चिकित्सा शिक्षालाई सरकारले निजिकरण गर्न खोजेका कारण गोविन्द केसी अनशन बस्न बाध्य भएको पौडेलको आरोप थियो ।

Last modified on 2018-07-12 08:06:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts