अपहरण शैलीमा डाक्टरलाई गृह मन्त्रालय लगेर दुर्व्यवहार गरेको भन्दै सरकारी चिकित्सक संघको आपत्ति



Download our app to get more features

काठमाडौं, २८ असार । महांकालमा रहेको ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भोजराज अधिकारीलाई गृह मन्त्रालय लगेर गरिएको दुर्व्यवहारप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति प्रकट गरेको छ। यसअघि मंगलबार दिउँसो अस्पतालमा बिरामी जाँचिरहेका डा. अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाको आदेशमा गृह मन्त्रालयकै गाडीमा लगेर गलत मेडिकल रिपोर्ट बनाउन दबाव दिइएको थियो। 

गोदानका आजीवन सदस्य रहेका डा. अधिकारीलाई द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्नेु धम्की दिँदै मन्त्रालयमा घन्टौंसम्म दुर्व्यवहार गरिएको संघले विज्ञप्तिमा जनाएको छ।

संघले चिकित्सा पेसामाथि धावा बोल्दै सरकारी पक्षबाटै असुरक्षित महसुस भएको उल्लेख गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेको छ।  ‘अन्यथा पेशाको मर्यादा र अनुशासनको लागि यस संघ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ भन्ने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छु, विज्ञप्तिमा उल्लेख गरिएको छ।


 

Last modified on 2018-07-13 07:06:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts