१ सय ४७ स्वास्थ्य संस्था अझै पालमुनि

यस्ता बन्दैछन् नयाँ भवन



Download our app to get more features

काठमाडौं, २८ असार । २०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पमा क्षति भएका स्वास्थ्य संस्थाको पुर्ननिमार्ण कार्यले अझै गति लिन सकेको छैन । 

चार वर्षमा पनि स्वास्थ्य संस्थाको पुर्ननिर्माणले गति लिन नसक्दा ६७ स्वास्थ्य संस्था वर्खामा पनि पालको भरमा संचालित छन् । 

देशभर ५ सय ५० स्वास्थ्य संस्थाको पुर्ननिमार्ण गर्नु पर्ने भएपनि पुर्ण रुपमा ४ सय ५० स्वास्थ्य संस्थामा क्षति भएको थियो । जसमा ३ सय ७० स्वास्थ्य संस्था निमार्णका लागि विभिन्न संघसस्थाले संझौता गरेका थिए । जसमध्ये ३ सय ३ स्वास्थ्य संस्था पुर्ननिमार्ण भइसकेको स्वास्थ्य मन्त्रालयका आयोजना स्वमन्वय इकाई प्रमुख रमेश प्रसाद अधिकारीले बताए । बाँकी ८० वटा स्वास्थ्य संस्थाको पुर्ननिमार्ण मन्त्रालय आफैले सुरु गरेको छ । उनले भुकम्प पछिको पुननिमार्णका लागि अल्पकालीन र मध्यकालीन रणनीति अनुसार निमार्णको कार्य भइरहेको बताए । 

भुकम्पबाट क्षती भएका ३१ वटै जिल्लाका स्वास्थ्य संस्थाको मुल्याङन गर्दा ५ सय ५० स्वास्थ्य संस्थाको पुर्ननिमार्ण गर्नुपर्ने अवस्था देखिएको थियो । तत्कालीन समयमा अस्थायी प्रिफ्रयाब प्रकारका स्वास्थ्य संस्था पुननिमार्ण गर्ने भनिएको थियो । तर, मन्त्रिपरिषदको २०७४ जेष्ठ ८ गतेको निर्णय अनुसार स्थायी पक्की भवन बनाउने निर्णय भएपछि समय लागेको हो । हाल स्वास्थ्य संस्थाको पुर्ननिमार्णका विभिन्न डिजाइनहरु स्वीकृत भइसकेका छन् ।

मन्त्रालय मातहतमा छैनन् ईन्जिनियर 
स्वास्थ्य मन्त्रालय मातहतमा ईन्जिनियर नभएपछि विगत डेढ वर्ष देखि क्षति भएका स्वास्थ्य संस्थाको पुर्ननिमार्ण कसले गर्ने भन्नेमा विवाद थियो । सो विवादका कारण हाल सम्म पनि धेरै स्वास्थ्य संस्था पालको भरमा सेवा प्रवाह गरिरहेको स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ । स्वास्थ्य मन्त्रालयले भवन विभागलाई जिम्मा दिने भनेपनि समयमा बनाउन नसक्ने भएपछि आफैले स्थायी भवन निमार्ण गर्न योजनामा लागेको छ । 

अधिकारीका अनुसार ९३ वटा स्वास्थ्य संस्थाको पुर्ननिमार्ण आगामी दुई वर्ष भित्रमा गरिसक्नु पर्ने छ । प्राधिकरणले दुई वर्ष भित्रमा ९३ वटा स्वास्थ्य सस्थाको निमार्ण सम्पन्न गर्न भनेको छ । मन्त्रालय समक्ष आवश्यक जनशक्ति नहुदा समय भित्र सम्पन्न गर्न कठिन छ । एउटा भवन निमार्ण गर्न मात्रै १८ महिना लाग्ने अधिकारीले बताए । ३५ जना ईन्जिनियर आवश्यक पर्नेमा मन्त्रालय समक्ष ९ जना मात्रै छन् । ३१ जिल्ला मध्ये २६ जिल्लाका ९३ स्वास्थ्य सस्थाको पूननिमार्ण पहिलो चरणमा हुने छ उनले भने, यसका लागि फिल्डमा खटाउन मन्त्रालयलाई ३५ जना ईन्जिनियर आवश्यक पर्छ । तर, हाल ९ जना मात्रै ईन्जिनियर रहेका छन् ।’ अत्यन्तै सिमित स्रोत र साधनका बिच दुई वर्ष भित्र ९३ भवन निमार्ण गर्नु ठुलो चुनौतिको विषय हो अधिकारीले थपे । अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा आवश्यक कर्मचारीको माग गर्दा बजेट नभएको भन्दै ९ जनाको मात्रै स्वीकृति दिएपछि स्वास्थ्य मन्त्रालयलाई भवन निमार्णमा ईन्जिनियरको चरम अभाव खड्कीएको हो । ९३ वटा स्वास्थ्य सस्थाको पूननिमार्णका लागि ३० करोड रुपैयाँ विनियोजन भएको छ ।

स्वास्थ्य संस्था नहुदा समस्या 
चार बर्ष देखि भवन बन्न नसक्दा कर्मचारी बस्ने ठाउँको अभाव  
कर्मचारीले टेन्ट भित्र स्वास्थ्य सेवा दिएका कारण कपडा फेर्ने स्थान छैन
ओपिडि सानो ठाउँमा छ, त्यहिबाट सबै सेवा दिएको छ । एक्स–रे राख्ने ठाउँको अभाव भौतिक सामग्रीहरु सुरक्षीत छैनन् 
टेन्ट भित्र अप्रेसन गर्न मिल्दैन । औषधि राख्ने ठाउँको समेत अभाव 
भवन नभएका कारण कर्मचारीहरु कार्यलय जान मान्दैनन् 
पानी चुहेर सेवा प्रभावहमा समस्या 

यस्ता बन्दैछन् भवन
भुकम्प प्रतिरोधी । 
अपाङ्गमैत्री । 
हलुका सामाग्रीको जडान  ।
बत्ती भन्दा सोलार जडान गर्ने । 
भौगोलिक संरचना अनुसारको भवन ।
 

Last modified on 2018-07-12 13:52:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts