स्वास्थ्यकर्मीलाई बिदामा नबस्न मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाडौं, २८ असार । स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा कार्यरत स्वास्थ्यकर्मीलाई नियमित कामकाज गराउन, बिदामा नछाड्न, स्वास्थ्य संस्थामा कुनै पनि बन्द हड्ताल लगायत गतिविधि नगर्न नगराउन निर्देशन दिएको छ । मनसुनको समयमा प्राकृतिक प्रकोप, बाढी पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई नियमित काममा खटिन निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव मधुसुधन बुर्लाकोटीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा मन्त्रालयको आग्रह विरुद्धमा जाने स्वास्थ्यकमीृलाई आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी आदेशको बुँदा नम्बर १२ र १३ मा अस्पताल तथा स्वस्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा) र औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा समेत पर्ने भएकाले सोही ऐनको दफा ४ बमोजिम कारबाही गर्न मन्त्रालय बाध्य हुने जनाइएको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, टेकु, आयुर्वेद विभाग टेकु, औषधि व्यवस्था विभाग, बिजुली बजार, क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरु पाँच वटा, केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्ल अस्पताहरु सबै, आयुर्वे चिकित्सालय, अञ्चल/आयुर्वेद औषधालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु सबै, जिल्ल स्वास्थ्य/जनस्वास्थ्य कार्यालय ७७ वटै, प्राथमिक स्वास्थ्य केन्द्रहरु तथा स्वास्थ्य चौकीहरु सबैमा कार्यरत स्वास्थ्यकर्मीलाई यस्तो निर्देशन दिएको हो ।  

   

Last modified on 2018-07-13 13:35:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts