स्वास्थ्य मन्त्रालयको गेटमा सूर्तिचुरोट जाँच्ने नियम राज्यमन्त्रीले सुरु गरिन्, फुलमन्त्रीले हटाइदिए



Download our app to get more features

काठमाडौं, २९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सूर्तिजन्य पदार्थ लिएर प्रवेश गर्न नपाउने भन्ने नियम अन्त्य भएको छ । मन्त्रालयमा जाँदा खल्तीमा सूर्ति, चुरोट बोकेर भित्र जाने आम सर्वसाधारणले मन्त्रालयको गेटमा पुगेपछि प्रहरीको चेकिङमा परेर यस्ता पदार्थ डस्टबिनमा मिल्काएर जानुपर्ने अवस्था थियो ।

तर यो नियमअहिले भने खारेज भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव आएसँगै प्रहरी जाँच बन्द भएको हो । मन्त्रालयको स्रोतका अनुसार स्वास्थ्य मन्त्रीले तराईका अधिकांश मानिसहरु गुट्खा, सूर्ति, पान खाने र उनीहरुलाई मन्त्रालयमा रोक्दा कार्यकर्ता आक्रोशित हुने देखिएकाले नियम हटाइएको हो ।  

हाल मन्त्रालय छिर्ने मूलगेटमा चेक त हुन्छ तर सूर्तीजन्य पदार्थ राख्ने डस्विन र जाँच हटाइएको छ । यसअघि सूर्तिजन्य पदार्थ जाँच गर्न नेपाल प्रहरीका हवल्दार चन्द्रप्रसाद हमाललले मुल गेटको कमाण्ड सम्हालेका थिए । मन्त्रालयले सूर्तीजन्य पदार्थको कडाई गर्न मन्त्रालयमा थप सुरक्षाकर्मीको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको थियो ।

स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्यालले आफू स्वास्थ्य तथा जनसंस्था मन्त्रालयमा आउने वित्तिकै पहिलो काम नै सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने भनी आफ्नै मन्त्रालयबाट सुरुवात गर्ने भन्दै सूर्तिजन्य पदार्थ जाँच्ने काम सुरु गराएकी थिइन् । राज्यमन्त्री अर्यालले चैत १२ गते गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सूर्ति चुरोट बोकेका व्यक्ति मन्त्रालय प्रवेश गर्न नपाउने बताएकी थिइन ।

Last modified on 2018-07-14 08:31:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts