चिकित्सा शिक्षा विधेयक हुवहु आए नर्सिङ संघ आन्दोलनमा जाने



Download our app to get more features

काठमाडौं, २९ असार । नेपाल नर्सिङ संघले चिकित्सा शिक्षा विधेयक हुवहु आए आफूहरु आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रा.डा.गोविन्द केसीले चिकित्सा क्षेत्र सुधारको लागि थालेको आन्दोलन सराहनीय भएको भन्दै संघले विधेयकमा चिकित्सक र चिकित्साशास्त्र अध्ययन हुने मेडिकल कलेजलाई मात्रै सम्बोधन हुने गरि विधेयक ल्याउन लागेकोले त्यसको कडा विरोध जनाएको छ ।

संघकी अध्ययक्ष तारा पोखरेलले हाम्रो डाक्टरसँग कुराकानी गर्दै अहिले सरकारले ल्याउन लागेको विधेयकमा नर्सिङ र अन्य स्वास्थ्य सँग सम्बन्धित कुनै पनि पक्षलाई नसमेटिएकोले विधेयकआए हामी कडा आन्दोलनमा जाने बताइन् । 

उनले भनिन्, ‘अस्पतालमा नर्स विना कुनै पनि सेवा प्रवाह गर्न सम्भव हुँदैन तर, सरकार र माथेमाआयोगले तयार पारेको विधेयकमा नर्स र अन्य स्वास्थ्यकर्मीलाई हेला गरेको छ । जुनहामीलाई मान्य छैन ।’

उनले सरकार र माथेमाआयोगले यो विधेयकमाथि अन्याय गरेको, चिकित्सकको कुरा मात्रै समेटेको र अन्य स्वास्थ्यकर्मीलाई वेवास्ता गरेको हुनाले विधेयक हुबहु आए देशका ८१ हजार नर्स आन्दोलनमा जाने बताइन् ।

उनले थपिन्,  ‘विधेयकको नाम चिकित्सा शिक्षा भनेर राख्ने तर चिकित्सकको कुरालाई मात्रै समेटिएको छ, जसले अरु स्वास्थ्यकर्मीलाई हेपेको छ । यो विधेयकको नाम स्वास्थ्य शिक्षा विधेयक राख्नुपर्छ । होइनभने चिकित्सक शिक्षा विधेयक राख्नु पर्छ ।’ 
 

Last modified on 2018-07-14 08:31:35

1 Comments

  1. SWASTHYA Sichhya Bidhyeyak name hunuparne


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts