डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकले दिए माइतीघर मण्डलामा ओपिडी सेवा 



Download our app to get more features

काठमाडौं, २९ असार । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का चिकित्सकहरूले सडकमै ओपिडी सेवा दिन थालेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए)ले आजदेखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेर माइतीघर मण्डलामा सेवा दिएका हुन् ।

१४ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको भन्दै नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनशनरत बसेका छन् । दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ ।

Last modified on 2018-07-15 10:39:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts