पूर्व स्वास्थ्य राज्य मन्त्री मुस्ताक आलमको निधन



Download our app to get more features

काठमाडौँ, ३० असार । पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा शुक्रबार बेलुका ६ बजेर ४३ मिनेट जाँदा बजे उनको निधन भएको अस्पतालले जनाएको छ । 

गृहजिल्ला रौतहट पुगेका बेला विहीबार अकस्मात हृदयघात भएको थियो ।  उनको स्वास्थ्य अवस्था बुझ्न शुक्रबारै प्रधानमन्त्री केपी ओली अस्पताल पुगेका थिए । नेकपाले आलमको पार्थिव शरीरलाई आज विहान ८ बजे देखि १० सम्म अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राख्ने बताइएको छ ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारमा आलम स्वास्थ्य राज्यमन्त्री बनेका थिए । उनी २२ कात्तिक २०७२ देखि ८ साउन २०७३ सम्म स्वास्थ्य राज्यमन्त्रीको पद सम्हालेका थिए । 

Last modified on 2018-07-15 10:39:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts