डा. केसीको उच्च प्रविधियुक्त अस्पतालमा उपचार गर्न माग



Download our app to get more features

काठमाडौं, ३१ असार । चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको भन्दै उच्च प्रविधियुक्त अस्पतालमा अविलम्ब उपचार गर्न सरकारसँग जोडदार माग गरेको छ । 

नेपाल प्रगतिशील चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघ, नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीको उपचार गर्नुपर्ने माग गरेका हुन् । 

‘डा. केसीको निष्ठा र जनसेवाप्रतिको सपर्ण निर्विवादित छ । जनताको स्वास्थ्य सेवा पाउने अधिकार प्रति उच्च सम्मान गर्दै हरेक अनसनमा उहाँले कहिले पनि सेवा अवरुद्ध गरी आन्दोलनमा लाग्न भन्नु भएको छैन । तर उहाँका मागमा हुबहु समर्थन गर्ने व्यक्ति, समूह तथा संघसंस्थाहरु अति संवेदनशिल मानिएको अस्पताल सेवा बन्द गरी आन्दोलन गर्न गराउन अग्रसर छन् ।’ विज्ञप्तिमा भनिएको छ । 

Last modified on 2018-07-16 11:48:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts