केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पारे नेकपा निकट डाक्टरले प्रतिरोध गर्ने



Download our app to get more features

काठमाडौं ३२ असार । शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले अनशनरत डा. गोविन्द केसीको समर्थनमा सेवा अवरुद्ध पारेसँगै देशभर आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघले जनाएको छ ।

कांग्रेस निकट चिकित्सक र केही रेजिडेन्ट डाक्टरहरु तत्काल सेवा नै बन्द गर्ने अवस्थामा देखिएका छन् । तर, सेवा अवरुद्धबारे चिकित्सकहरुको फरक–फरक धारणा आएको छ ।

रेजिडेन्ट डाक्टरबाहेक अन्य चिकित्सकहरु सेवा अवरुद्धको  विपक्षमा देखिएका छन् । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले सेवा अवरुद्ध नगर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल चिकित्सक संघ पनि सेवा अवरुद्ध गरेर सडकमा जाने पक्षमा देखिएको छैन । तर, बाध्यताले उसले सेवा अवरुद्ध पार्ने नाममा भने पटक–पटक विज्ञप्ती जरी गरेको छ ।

सेवा अवरुद्ध भए मुठभेड

एमाले निकट वरिष्ठ चिकित्सकहरुले सेवा अवरुद्ध गरे प्रतिकार गर्ने बताएका छन् । स्वास्थ्य सेवा पाउनुपर्ने नागरिकको अधिकार हो ।

एक चिकित्सकले भने,‘यदि कसैले यसलाई रोक्ने प्रयास गर्छ भने, त्यसको परिणाम राम्रो हुँदैन । झण्डा बोक्ने, बिरोध गर्ने, नारा लगाउने, माईतीघर मण्डलामा धर्ना बस्ने कुराको हामीलाई सरोकार विषय भएन तर, बिरामीको सेवा रोकिन हुन्न ।’

बन्द गरेको अवस्थामा प्रतिकार गर्न सबै अस्पतालका चिकित्सकलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

Last modified on 2018-07-16 12:14:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts