राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको कार्यसूचिबाट हट्यो 



Download our app to get more features

काठमाडौं, ३२ असार । प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको कार्यसूचिबाट हटेको छ । 

सरकारले विधेयकलाई सोमाबार टेबुल गर्न गरी तयारी थालेपछि कांग्रेसले संसद नै अवरुद्ध गरेको थियो। जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग १४औं अनशनका बेला भएको सहमति अनुसार ऐन जारी हुनुपर्ने माग गर्दै कांग्रेसले अवरोध गरेको हो। 

संसद् सचिवालयमा दर्ता भएको विधेयकमा संशोधन हुने समय बाँकी रहेकाले टेबुल गर्न दिनुपर्ने सत्तापक्षको माग छ। तर, प्रतिपक्षले दुई तिहाइ बहुमतको बलमा माफियालाई सहयोग गर्ने ऐन निर्माण हुनसक्ने भन्दै अहिले नै संशोधन गरी दर्ता गर्नुपर्ने माग कांग्रेसले गरेको छ।कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि आगामी ३ साउन सम्मको लागि स्थगित भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts