२३ स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण, आजबाट रेखदेख र अनुगमनमा रहने



Download our app to get more features

रसुवा, १ साउन । जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो मातहतमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई सोमबार एक समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ । 

एक प्राथमिक स्वास्थ्य केन्द्रसहित १८ सरकारी र पाँच सामुदायिक गरी कुल २३ वटा स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिए । 

हस्तान्तरण गरिएका सबै स्वास्थ्य संस्था आजबाट स्थानीय तहको रेखदेख र अनुगमनमा रहने बताइएको छ । हस्तान्तरण गरिएका स्वास्थ्य संस्थामध्ये नौकुण्ड गाउँपालिकामा चार, आमाछोदिङमोमा पाँच, गोसाइँकुण्डमा छ, उत्तरगयामा चार र कालिका गाउँपालिकामा चार वटा रहेका छन् । रासस

Last modified on 2018-07-17 07:01:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts