कर्णाली प्रदेशमा आजदेखि आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द



Download our app to get more features

काठमाडौं, १ साउन । नेपाल चिकित्सक संघ सुर्खेत शाखा र कर्णाली शाखा जुम्लाले आजदेखि कणार्ली प्रदेशमा आकस्मिक बाहेक सम्पूर्ण ओ.पि.डी. सेवा बन्द गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको माग सम्बोधन गराउन दवाव दिने उद्देश्यले आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो।

डा. केसीको जीवन रक्षाको माग गर्दै विगत १४ दिनदेखि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु हातमा कालो पट्टि बाँधि कामकाज गर्ने र १ घण्टा ओ.पि.डी. सेवा बन्द गर्दै आएको छ ।

‘नेपालमा अस्तित्वमा रहेका हरेक राजनीतिक पार्टीहरु माफिया र घुसखोरहरुको चंगुलमा फसेकाले डा. केसीको अनसनलाई कसैले पनि राजनीतिकरण नगर्न र यो अनसन विशुद्ध गैरराजनितिक र चिकित्सा क्षेत्रको सुधारलाई भएको विज्ञप्तिमा उल्लेख छ ।’

Last modified on 2018-07-17 15:30:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts