सरकार र डा.केसी पक्षबीच दोश्रो चरणको वार्ता ९ बजेदेखि सुरु हुने



Download our app to get more features

काठमाडौं, १ साउन । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच दोश्रो चरणको वार्ता अहिले ९ बजे बस्ने भएको छ । डा. केसीको पक्षबाट वार्तामा सहभागी डा. अभिषेक सिंहका अनुसार विधेयकका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्र कुरा हुने सरकारी टोलीको भनाइपछि सोमबारको वार्ता टुंगिएको थियो ।

सोमवार स्थगित भएको वार्ता अहिले ९ बजे बार्ता शिक्षा मन्त्रालयमा सुरु भएको उनले बताए। सरकारले आइतबार शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गठन गरेको वार्ता टोलीसँग केही छलफल भएपछि मंगलवार बिहान सम्मको लागि स्थगित भएको हो ।

वार्ताका क्रममा केसी पक्षले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन अडान लिएको थियो भने सरकारले डा. केसीलाई काठमाडौं ल्याउने कुरामा जोड दिएको थियो ।

सरकारी वार्ता टोलीले केसी पक्षको अडानका विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई जानकारी गराएका थिए। मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने जवाफ दिएपछि पहिलो वार्ता विनानिष्कर्ष टुंगिएको सरकारी वार्ताटोलीका एकजना सदस्यले जानकारी दिए ।

वार्ताका लागि सरकारका तर्फबाट शिक्षा सचिव बराल सहित गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव छन् भने केसी पक्षबाट डा.अभिशेक राज सिंह, प्रितम सुवेदी, ओम अर्याल र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी सहभागि छन् ।

केसीको जीवन रक्षाको माग गर्दै विपक्षी दल समेत देश भरका विभिन्न चिकित्सकहरुको संघ संस्थाले दबाव दिन थालेपछि सरकारले आइतबार वार्ता समिति गठन गरेको थियो ।

Last modified on 2018-07-17 11:10:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts