८ करोडको लगानीमा सरकारले पहिलोपटक किन्यो एचआईभीको औषधि



Download our app to get more features

काठमाडौं, १ साउन । सरकारले पहिलो पटक एन्टी रक्ट्रो भाइरल औषधि खरिद गरेको छ ।

एचआइभी संक्रमित व्यक्तिलाई दिनहुँ दिईने यो औषधि सरकारले पहिलो पटक लगानी गरेर खरिद गरेको हो । सरकारले अहिले १५ हजार एचआइभी संक्रमितलाई यो औषधि दिँदै आएको छ ।

झन्डै ८ करोडको लगानीमा यो औषधि ४ महिनाको टेन्डर प्रक्रिया लगाएर पहिलो पटक नेपाल औषधि खरिद गरेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.वासुदेव पाण्डेले बताए । यस अघि गैरसरकारी संस्थासँगको सहकार्यमा ग्लोबल फण्डको लगानीमा सरकारले यो औषधि खरिद गर्दै आएको थियो ।

सरकारसँग अझै पर्याप्त बजेट नभएकोले ५० प्रतिशत औषधि खरिदका लागि ग्लोबल फण्डले र ५० प्रतिशत सरकारले लगानी गरेको हो । हाललाई ४ करोडको औषधि खरिद गरिएको र बाँकी ४ करोडको औषधि २ महिनाभित्र खरिद गरिसक्ने उनले जानकारी दिए ।

उनले भने, ‘औषधि जस्तो संवेदनशिल कुराका लागि सरकार आफैं गम्भिर हुनुपर्छ त्यस कारण यो औषधि खरिद प्रक्रिया सुरु गरिएको हो । विस्तारै १५ हजार बिरामीलाई चाहिने सबै औषधि सरकारले आफ्नै लगानीमा खरिद गर्ने छ ।’

Last modified on 2018-07-17 15:32:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts