केसीको समर्थनमा आवासीय चिकित्सकले निषेधित क्षेत्र तोड्ने



Download our app to get more features

काठमाण्डौ । डा. केसीको समर्थनमा उत्रिएका शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालका आवासीय चिकित्सकले बिहानैदेखि प्रदर्शन थालेका छन् । आकस्मिक बाहेकका सेवा छाडेका उनीहरुले बिहान माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । त्यस्तै त्यसपश्चात उनीहरुले स्वास्थ्य मन्त्रालयमा पनि पुगेर धर्ना एवं प्रदर्शन गरेका छन् । केसीको माग तत्काल पुरा गर, माफियाकरण बन्द गर भन्ने जस्ता नारा सहितको प्लेकार्ड बोकेका चिकित्सकले अपरान्ह सरकारले तोकेको निषधाज्ञा तोडेर शिक्षा मन्त्रालय प्रवेश गर्ने जनाएका छन् । यता शिक्षा मन्त्रालयमा केसी पक्ष र सरकारी टोलीबीच दोश्रो दिनपनि वार्ता विफल भएपछि केसी समर्थन आक्रोशित भएका हुन् । चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने केसी पक्षको अडान र केसीलाई काठमाण्डौ ल्याउनुपर्ने सरकारी अडानका बीच तत्काल दुईपक्षीय वार्ता निचोडमा पुग्ने कुनै सम्भावना छैन ।

 

 

Last modified on 2018-07-17 15:32:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts