केसीपक्ष र सरकारबीचको दोश्रो वार्ता पनि विफल



Download our app to get more features

काठमाण्डौ, १ साउन । डा. केसी पक्ष र सरकारी वार्ताटोली बीचको दोश्रो वार्ता पनि निरर्थक भएको छ । 

शिक्षा मन्त्रालयमा ३ घण्टाभन्दा बढि चलेको वार्तामा चिकित्सा शिक्षा विधेयककै मूल विषयमा केन्द्रित भएपनि सरकारी टोलीका सदस्य गम्भीर नबनेको केसी पक्षका प्रतिनिधिले जनाएका छन् । 

केसी पक्षले राखेको चिकित्सा शिक्षा विधेयक फिर्ताको मागमा कुनै ठोस प्रगति भएको छैन । केसी पक्षले संसदमा पेश भएको विधेयक फिर्ता गरी पहिलेको अध्यादेशलाई हुबहु पास गर्नुपर्ने अडान राखेको छ । सरकारी टोलीले भने मागका विषयमा भन्दा पनि डा. केसीलाई काठमाण्डौ ल्याएर छलफलमा ल्याउनुपर्ने बताएको छ । 'वार्ताका क्रममा हाम्रा मागहरु प्रति सरकार असंवेदनशिल भएको पायौं ।' केसी पक्षीय वार्ताटोलीका सदस्य डा. अभिषेकराज सिंहले भने । 

Last modified on 2018-07-17 15:31:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts