हैजा विरुद्ध पनि आयो खोप ! बाँकेका २७ हजार जनालाई खुवाइँदै



Download our app to get more features

नेपालगन्ज । हैजा रोगको उच्च जोखिममा रहेको बाँकेका करिब २७ हजार जनालाई हैजा बिरुद्धको थोपा खुवाउने कार्यक्रम सुरु गरिएको छ ।

स्वास्थ्य र सरसफाइको अवस्था नाजुक भएका र बिगतका वर्षहरुमा हैजाको प्रकोप देखिएका नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ५, सोनपुर  र उड्रापुर  गाविसमा प्रतिरोधात्मक थोपा खुवाउन सुरु गरिएको हो ।

Comment from facebook