खाडी मुलुक जाने युवामा बाँझोपनको समस्या : डा. सबिना श्रेष्ठ प्रधान (निःशन्तान विशेषज्ञ)



Download our app to get more features

विवाहपछि प्रत्येक दम्पतिको पहिलो सपना भनेको बच्चा नै हो । जब विवाहपछि बच्चाकोे हाँसो घरमा गुन्जिन्छ तब मात्र त्यो दम्पतिको जीवन सफल भएको मानिन्छ । तर, यो सपना कसै कसैका लागि अभिषाप बन्छ । विभिन्न कारणले यो सपना पूरा हुन सक्दैन ।

पुरुषहरुमा सन्तान नहुने धेरै कारण हुन्छन् । जसमध्ये खाडि मुलुकमा काम गर्न जाने युवा कामदारहरुमा विशेष गरी सन्तान नहुने समस्या देखा परेको निःशन्तान विशेषज्ञ डा. सबिना श्रेष्ठ प्रधानले बताइन् । धेरै गर्मीका कारण उनीहरुको शुक्रकिट उत्पादनमा ५० प्रतिशतसम्म कमी आउन सक्छ । यस्तो समस्या खाडि मुलुकमा काम गर्न जाने सबै युवामा नभई विशेष गरि कन्टक्सन र धेरै गर्मी हुने खुला स्थानमा काम गर्ने अधिकांस पुरुषमा यो समस्या देखापर्ने डा. सविनाको भनाई छ ।

Comment from facebook