औलोमुक्त देश बनाउने सरकारी तयारी, भूकम्प प्रभावित क्षेत्रमा औलो नियन्त्रण गर्न चुनौती



Download our app to get more features

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले सन् २०२५ सम्ममा विश्व स्वास्थ्य संगठनबाट नेपाल औलामुक्त देशको प्रमाणपत्र प्राप्त गर्ने दावी गरेका छन् । आर्थिक वर्ष २०७१/०७२ मा नेपालमा १ हजार ३ सय ५२ जनामा औलो रोग देखिएको थियो । जसमध्ये ७ सय ४४ जनामा स्थानिय औलो र ६ सय ८ जनामा विदेशबाट सर्ने मलेरिया सरेको डा. मरासिनीले जानकारी दिए । पछिल्लो ३ वर्षदेखि नेपालमा औलो रोगको प्रभाव न्यून रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण  महाशाखाको दावी छ । तर भूकम्प प्रभावित क्षेत्रमा भने औलो रोग नियन्त्रण गर्न चुनौती रहेको महाशाखाले जनाएको छ ।

Comment from facebook