बाँके र बर्दिया अझै कुष्ठरोगको उच्च जोखिममा



Download our app to get more features

नेपालबाट सन २०१० मै कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएपनि पश्चिम नेपालको बाँके र बर्दियामा भने कुष्ठ रोगीको संख्यामा अझै कमी भएको छैन । 
बाँके जिल्लाको साइगाउँ, कोहलपुर, रझैनामा स्थित स्वास्थ्य संस्थाहरुमा उपचारका लागि कुष्ठरोगी फेला पर्ने क्रम अझै घटेको छैन । कुष्ठरोग लागेको आशंकामा उपचारका लागि स्वास्थ्य संस्थामा आएका बिरामी मध्ये यस वर्षमात्रै ४० नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

 

Comment from facebook