'योग्यता अनुसार नै नियुक्ति गर्न आन्दोलनकारीको माग हो' - दाताराम अधिकारी, संयोजक, संयुक्त स्वास्थ्य सुधार समिति (हान)
Download our app to get more features
आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बुधबार पत्रकार सम्मेलन गरेर ट्रेड युनियनको दवावमा मन्त्रालयले कामको आधारमा माथिल्लोे पदमा बढुवा गर्नुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयअन्र्तगत सम्पूर्ण स्वास्थ्य संस्थाहरुलगायत अस्पतालहरुको बृहत व्यवस्थापन र संगठन सर्बे गरी स्वास्थ्यका सम्पूर्ण विषयका पदहरु सिर्जना गरी जिम्मेवारी र औचित्यता पुष्टि गर्नुपर्ने भन्दै योग्यताको प्रमाणपत्र अनुसार नियुक्ति गर्नु पर्ने माग गरेका छन् ।
पत्रकार सम्मेलनमा का संयोजक दाताराम अधिकारीले संविधानले नागरिकलाई दिएको गुणस्तरीय स्वास्थ्य सेवाप्रति सरकार नै जिम्मेवार नभएको आरोप लगाए ।










