१३ प्रतिशत बालबालिका अझै खोपको पहुच बाहिर
Download our app to get more features
सरकारले बालबालिकाहरुलाई निशुल्क खोप सेवा उपलब्ध गराउदै आए पनि करिब १३ प्रतिशत बालबालिका भने अझै पनि खोप सेवाको पहँुच भन्दा बाहिर रहेका छन ।
पाल सरकारले १६ हजार खोप केन्द्र र हजारौंको संख्यामा स्बास्थ्यकर्मीहरुलाई परिचालन गरेर ११ किसिमका सेवा संचालन गर्दै आएको छ । सरकारले निशुल्क उपलब्ध गराएका ११ किसिमका खोपहरु मध्ये ३ प्रतिशत बालबालिकाले एउटा पनि खोप पाउन सकेका छैनन भने करिब १० प्रतिशतले ११ मध्ये एक दुई वटा खोप पाए पनि अधिकांश खोप पाउन सकेका छैनन ।
खोप कार्यक्रम सबैको कार्यक्रम हो भन्ने चेतना अभिबृद्धि गर्ने क्रममा स्थानीय निकायहरुसंग समन्वय गरेर अगाडी बढ्न लागिएको स्वास्थ्य मन्त्रालय बाल स्बँस्थ महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले बताए ।









