असावधानी गरे दोहोरीन सक्छ बेल्स पाल्सी



Download our app to get more features

अनुहारको आधा भाग वा मुख बङ्गिने समस्यालाई बेल्स पाल्सी भनिन्छ  । बेल्स पाल्सी रोगका बारेमा धेरैलाई थाहा नहुन सक्छ । फिजियो थेरापिष्ट डा. सृजन तिम्सिनाको बेल्स पाल्सी रोगबाट जोगिने यस्ता उपाय दिएका छन् । बेल्स पाल्सीको बारेमा अझै पनि धेरै भ्रम रहेको छ । धेरैले यसलाई प्यारालाइसिस् वा स्ट्रोकको संज्ञा दिने गर्छन् । तर त्यसो हैन् । बेल्स पाल्सीलाई केही मानिसले अनुहारको पक्षघात पनि भन्ने गर्छन ।  बेल्स पाल्सी रोग चिसोको समयमा बढी हुने गर्छ । चिसो नै यो रोग लाग्ने प्रमुख कारण हो ।  मस्तिष्कबाट अनुहारमा आएको मुख्य नशामा संक्रमण भए वा कुनै पनि समस्या आए अनुहारको मांसपेशी कमसल हुन्छ र अनुहार एकातिर बाङ्गिन्छ । जसलाई बेल्स पाल्सी भनिन्छ । 

For articles: https://www.hamrodoctornews.com/detail/8084

Comment from facebook