असावधानी गरे दोहोरीन सक्छ बेल्स पाल्सी
(भिडियोसहित)
            अनुहारको आधा भाग वा मुख बङ्गिने समस्यालाई बेल्स पाल्सी भनिन्छ । बेल्स पाल्सी रोगका बारेमा धेरैलाई थाहा नहुन सक्छ । फिजियो थेरापिष्ट डा. सृजन तिम्सिनाको बेल्स पाल्सी रोगबाट जोगिने यस्ता उपाय दिएका छन् ।
बेल्स पाल्सीको बारेमा अझै पनि धेरै भ्रम रहेको छ । धेरैले यसलाई प्यारालाइसिस् वा स्ट्रोकको संज्ञा दिने गर्छन् । तर त्यसो हैन् । बेल्स पाल्सीलाई केही मानिसले अनुहारको पक्षघात पनि भन्ने गर्छन । 
बेल्स पाल्सी रोग चिसोको समयमा बढी हुने गर्छ । चिसो नै यो रोग लाग्ने प्रमुख कारण हो ।  मस्तिष्कबाट अनुहारमा आएको मुख्य नशामा संक्रमण भए वा कुनै पनि समस्या आए अनुहारको मांसपेशी कमसल हुन्छ र अनुहार एकातिर बाङ्गिन्छ । जसलाई बेल्स पाल्सी भनिन्छ । 
बेल्स पाल्सी हुने कारण :
- अनुहारका नशामा संक्रमण हुनु ।
 - बढी चिसो हुनु ।
 - कानमा संक्रमण हुनु ।
 - अनुहारमा ठुलो चोटपटक लाग्नु ।
 
लक्षण :
- अनुहारको आधा भाग बङ्गिने ।
 - खाना खान गाह्रो हुने ।
 - आँखा बन्द नहुने ।
 - मुखबाट र्याल बगिरहने ।
 - बोल्न अप्ठ्यारो हुने वा लरबराउने
 - अनुहार दुख्ने ।
 - कसैकसैमा मुख सुन्निने ।
 
जोगिने उपाय :
- चिसोबाट बच्ने ।
 - चिसोको समयमा बाहिर निस्कनु परे टाउको कान छोपेर न्यायो भएर हिड्ने ।
 - कान, नाकमा संक्रमण हुनबाट बच्ने ।
 - सवारी साधानमा यात्रा गर्दा कानमा कपास राखेर वा कान छोपेर हिड्ने ।
 - रुघाखोकी लाग्नबाट बच्ने ।
 - नियमित व्यायम र ताजा खानपानमा ध्यान दिने ।
 
बेल्स पाल्सी र फिजियोथेरापी
कतिपय अवस्थामा कुनै कारणबिनै पनि बेल्स पाल्सी हुन सक्छ । बेल्स पाल्सीको उपचार वा बांगिएको मुखलाई सिधा ल्याउन विभिन्न उपचार विधि छन् । यी मध्ये फिजियाथेरापी निकै प्रभावकारी विधि हो । 
यो आफै निको भैहाल्छ भनेर बस्नु हुँदैन। विशेषज्ञकोमा गएर रोग चरणमा छ सो पत्ता लगाई विशेष मेसिन वा औजारको सहायताले अनुहारको मासुलाई चलायमान गरेर उपचार गर्नुपर्छ । यो रोग एक पटक भएपछि  दोहोरीने सम्भावना न्यून रहन्छ । तर, असावधानी गरे पुनः दोहोरीन पनि सक्छ । 
भिडियो हेर्नुहोस्:
                
                
- 
                View Other Stories by Author >>
 
                                    