भेरी अञ्चल अस्पतालमा सिकलसेल एनिमियाको रगत जाँच सुरु



Download our app to get more features

नेपालगन्जको भेरी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीहरुको रगतको हिमोग्लोबिन इलेक्ट्रोफोसिस  परिक्षण सेवा सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयले करिब २९ लाख पर्ने मेसिन उपलब्ध गराए पछि अस्पतालमै रगत परिक्षण सेवा सुरु भएको हो । अस्पतालले निजी प्रयोगशालाले भन्दा आधा सस्तो शुल्कमा बिरामीको रगत परीक्षण सेवा संचालन गरेपछि बिरामी लाभान्वित भएका छन् । भेरी अञ्चल अस्पतालमा मात्र दैनिक एक जनानयाँ र सात आठ जना पुराना सिकलसेल एनिमियाका बिरामी फलोअपका लागि आउने गरेको अस्पतालका फिजिसियन डा. राजन पाण्डेले बताए ।

 

Comment from facebook