लोकमानतन्त्रको अन्त्य हुनुपर्छः डा. केसी
Download our app to get more features
सरकारसँग चार बुँदे सम्झौता गरी आठौं पटकको अनशन तोडेका प्रा. डा. गोविन्द केसीले लोकतन्त्र जोगाउन लोकमानतन्त्रको अन्त्य गर्नुपर्ने बताएका छन् ।
‘राजनीतिक पक्षले लुट चलाएका थिए तर यसमा भष्ट्राचारका नायक आइपुगे’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई आरोप लगाउँदै डा. केसीले थपे ‘भष्ट्रचारको न्यूनिकरण गर्ने दायित्व पाएका व्यक्ति आफै देशको सबै भन्दा भष्ट्र व्यक्ति भए ।’ यसअघिका झैं यो पटकको अनशनबाट प्राप्त उपलब्धिपनि गुम्ने संकेत देखिएको भन्दै केसीले सरकार जिम्मेवारीबाट हटेपनि निरन्तर खबरदारी गरिरहने बताए ।










