तपाईंको व्यायाम गर्ने बानीले नै निम्त्याउँदैछ यस्ता जोखिम !



Download our app to get more features

तपाईं आफ्नो स्वास्थ्यलाई लिएर कतिको सचेत हुनु हुन्छ ? सायद धेरै नै सचेत हुनुहुन्छ । त्यसैले नियमित व्यायाम पनि गर्नु हुन्छ होला । किनभने व्यायाम हाम्रो स्वास्थ्यको लागि धेरै नै लाभदायक हुन्छ । तर, हालै गरिएको एक अध्ययनका अनुसार यस्तो खुलासा भएको छ जसले तपाईँको व्यायाम गर्ने बानीलाई नै रोक्न सक्छ । अध्ययन रिपोर्टका अनुसार एकातिर व्यायामले हाम्रो शरीरलाई सँधै फिट राख्छ त्यही अर्को तर्फा व्यायामले जोखिम पनि बढ्दै गरेको र अनेक रोगहरु लाग्ने कारण बन्दै गएको छ ।

अध्ययन रिपोर्टमा भनिएको छ, ‘आवश्यक्ता भन्दा बढी व्यायाम गर्नाले आन्द्रामा भएको क्रियाशिल तत्वहरुको संरचनालाई हानी पुर्याउँछ । जसले गर्दा पाचनतन्त्र प्रभावित हुन जान्छ । त्यति मात्र नभई धेरै नै व्यायाम गर्नाले अन्य रोगहरुपनि निम्तिन सक्ने खतरा हुन्छ ।’

हामी सबैलाई थाहा भएको कुरा हो, आन्द्रा हाम्रो शरीरको एक अति नै महत्वपूर्ण भाग हो र सबैभन्दा बढी शारीरिक तनावले आन्द्रामा अनेक किसिमका खतरनाक रोगहरु लाग्न सक्छ । आन्द्राले खाना पचाउनमा मद्दत गर्छ र भिटामिन बी , के जस्ता पोषक तत्वहरु हाम्रो शरीरमा प्रदान गर्ने काम पनि गर्छ ।

आवश्यकता भन्दा बढी व्यायाम गर्नाले हाम्रो शरीरको इर्रिटेबल बाउल सिन्ड्रोम, मधुमेह, उच्च रक्तचाप, डिप्रेशन, मोटापना, अस्थमा, कोलेरेक्टल र कोलोन क्यान्सर जस्ता ज्यान लिने खतरनाक  रोगहरु निम्त्याउन सक्छ । शरीरलाई थकावट महसुस गराउने आन्द्राको माइक्रोबायोटोको सबैभन्दा ठूलो कारण मानिन्छ । शरीर जति चाँडै थकित हुन्छ हामीलाई त्यति नै कमजोरी हुने र रोगहरुको घर बन्दै जान्छ । त्यसैैले व्यायाम गर्दा होस पुर्याउनुस र ध्यान दिनु आवश्यक छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-04-01 06:28:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts