नेपालमा आधुनिक गर्भ निरोधका साधनको व्यापकता ९ वर्षदेखि ४३ प्रतिशतमा स्थिर 



Download our app to get more features

काठमाडौं, ४ कात्तिक । नेपालमा सन् २०११ देखि आधुनिक गर्भ निरोधक साधको व्यापकता ४३ प्रतिशत स्थिर रहेको छ । नेपालमा परिवार योजनाको अपरिपुर्त आवश्यकता उच्च रहेको संयुक्त राष्टसंघीय जनसंख्या कोष यूएनएफपीए कार्यकारी निर्देशक डा. नतालिया कनेमले बताइन् । नेपाल भ्रमणमा आएकी कनेमले सोमबार पत्रकार सम्मेलनमा बोल्दै नेपालमाका १५ देखि ४९ उमेर समुहका एक तिहाइ महिलाले गर्भनिरोधक साधन आफ्नो निर्णय नलिने गरेको बताइन् । नेपालमा मातृ मृत्युदर एक लाख जीवित जन्ममा २ सय ३९ जना रहेको पनि उनले बताइन् । यो सार्क क्षेत्रको अफगाननिस्तान पछि दोस्रो उच्च दर हो । 

उनले नेपालमा मातृ तथा नवजात शिशु मृत्युमा कमी, गरिविमा उल्लेखनिय कमी र प्राथमिकता विद्यालय भर्नामा वृद्धिका वाबजुत पनि आइसिपिडीको कार्यादेशका आधारमा अझै धेरै कामहरु अधुरा रहेको बताइन् । आइसिपिडी कार्ययोजनाले शिक्षा र स्वास्थ्य सुरक्षामा पहुँच, विशेष गरी यौन र प्रजनन् स्वास्थय र प्रजनन् अधिकारमा सार्वभौम अधिकार सहितको विकासको प्रत्याभूत गराउन जोड दिन्छ । व्यक्ति तथा दम्पीहरु क्हिले बच्चा जन्माउने, कति जन्मान्तर राख्ने, कतिवटा बच्चा जन्माउने भन्ने विषयमा स्वनिर्णय लिन सक्छन् । आगामी नाभेम्वर महिनामा नैरावीमा आयोजना हुने शिखरसम्मेलनमा यी लगाएतका अन्य एजेण्डा हुने पनि उनले जनकारी दिइन । सम्मेलन आईसीपिडीको २५ वर्षको उपलक्ष्यमा हुने छ । उनले १९७१ देखि निरन्तरुपमा नेपाल सरकारसंग बलियो साझेदारी कायम रहर्दै आएकोमा यूएनएफपीए नेपाल प्रति आभारी रहेको पनि बताइन् । 

'यूएनएफपीएले सन् २०३० सम्ममा तीन शुन्यमा पुग्ने रणनीतिक दृष्टि उपनाएका छौं ।' उनले भनिन् 'जस अन्तर्गत परिवार योजनाको अपरिपूर्त मागलाई शुन्यमा झार्ने, रोक्न सकिने मातृ मृत्युलाई शुन्य झार्ने र लैंगिक हिंसा तथा हानिकारक अभ्यासहरु, जस्तै बालविवाहलाई शुन्यमा झार्ने रहेका छन् ।' 
 

Last modified on 2019-10-21 14:07:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts