सकियो प्रधानमन्त्रीको तेस्रो डायलसिस, अस्पतालबाट आजै डिस्चार्ज



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस गरिएको छ ।

शनिबार बिहानै स्वास्थ्य उपचारका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको शनिबार दिउँसो डायलासिस गरिएको हो ।

उनको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले बताएका छन् । डा. पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेकाले बालुुवाटार फर्किसकेको पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्सययता नियमित औषधि सेवन गरिरहेका उनको स्वास्थ्यमा पछिल्लो केही महिनायता समस्या देखिएको छ ।

साउन र भदौमा सिंगापुर गएर उपचार गराएका उनको गत भदौमा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

मिर्गौलामा राम्रोसँग काम नगरेपछि १३ कात्तिकमा पहिलो पटक डायलासिस गरिएको थियो । लगतै भोलिपल्ट दोस्रो डायलासिस ग्राण्डीमा नै गरिएको थियो ।

Last modified on 2019-11-18 08:43:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts