तपाईको बच्चाले पिसाब कम गरिरहेको त छैन ? मिर्गौला रोग भएको पनि हुनसक्छ  (भिडियो सहित)



Download our app to get more features

विशेषगरी वयस्क महिला पुरुषको स्वास्थ्यमा पछिल्लो दशकमा तिव्र गतिमा आक्रमण गरिरहेको मिर्गाैला रोगले आजकाल बालबालिकामा पनि आक्रमण गर्न थालेको छ । प्रायः ४० बर्षको उमेर पश्चात मधुमेह र उच्च रक्तचापका कारण हुने मिर्गौला रोग आजकाल स–साना बालबालिकामा पनि देखिन थालेपछि चिकित्सकहरु नै गम्भीर बनिरहेका छन् ।

खानपान, जथाभाबि औषधिको प्रयोग र शरीरमा पानीको कमीले यी अवस्था श्रृजना भइरहेका छन् । बच्चाहरुको शरीर सुन्निएमा, ब्लडपे्रशर बढेमा, पिसाबमा रगत देखा परेमा र पिसाबमा कमी आएमा मिर्गौला रोग हुन सक्ने मार्क इन्टरनेशलन किड्नी सेन्टर कलङ्कीमा कार्यरत बाल मिर्गौला रोग विशेषज्ञ डा. फिरोज अन्जुमको भनाई छ । 

भिडियो हेर्नुहोस् 

 

Last modified on 2019-12-02 12:23:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts