रातमा श्वास लिन अप्ठयारो हुन्छ ? दम भएको हुनसक्छ 



Download our app to get more features

एजेन्सी, २० मंसिर । दिनभर जस्तोसुकै कडा र अप्ठयारो काम गरे पनि रातको समय आनन्दसँग सुत्ने हामी सबैको चाहना हुन्छ । तर तपाईंमा दमको समस्या छ भने हरेक रात निदाउन निकै अप्ठयारो हुन्छ । अझै कतिपयमा त रातको समयमा दम बढ्ने हुन्छ । खोकी लाग्ने, श्वासप्रश्वासमा गह्रो हुने, हाच्छ्यू आउने, चिटचिट हुने हुन्छ । यो समस्याको छिट्टै नै उपचार गर्नुपर्छ । रातको समयमा दम बढ्ने कारणहरु निम्न छन :–

१. सुत्ने तरीका ठिक नहुँदा
हामी सुतेको बेला हावाको वहाव तल्लो तहबाट हुन्छ भने फोक्सोमा रगतको प्रभाव बढ्न थाल्छ । यस कारण पनि कहिले काहि दम बढ्न सक्छ ।  

२. एयर कन्डिसनर
चिसो हावाले हावामा भएको मोस्चर निकाल्छ जसले पनि दम बढाउँछ । यदि तपाईं कन्डिसनर भएको कोठामा सुत्नु भएको छ भने रातमा दुई तीन पटक समेत उठ्नुपर्छ । चिसोमा यो समस्या अझै बढी हुन्छ । 

३. धुलोको कण
तपाईंले प्रयोग गर्ने गद्दा, सिरानी अथवा कम्बल सफा नहुँदा यसमा भएको धुलोले पनि दम बढाउन सक्छ । 

४. ढुँसी
तपाई सुत्ने कोठामा ढुँसी छ अथवा पानीले चिसो बनाएको धब्बा छ भने पनि श्वासप्रश्वासमा समस्या हुनसक्छ ।
 
इन्हिलर सधै साथमा राख्नुहोस्
हुनत दमका बिरामीले सधै सर्तक रहनुपर्छ । आफ्नो वारपरको सरसफाईमा ध्यान दिनु जरुरी छ । साथै चिसो स्थानमा बस्नु पनि हुँदैन । यसबाहेक दमको बिरामीले सधै साथमा इन्हिलर राख्नुपर्छ । 

Last modified on 2019-12-08 06:16:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts