चिसोमा आँखा सुख्खा हुने समस्या छ ? जानौ कारण र त्यसको उपचार



Download our app to get more features

स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा आँखा सुख्खा हुने समस्या आउँछ। 

सुख्खा हुने कारण :

- वातावरणीय  समस्याः प्रदूषण तथा तापक्रम वृद्धि।

- इलेक्ट्रोनिक उपकरणः हिटर, पंखा, एअर कन्डिसनर, कम्प्युटर आदिको लगातार प्रयोग गर्नु,

- परेलीमा चाया पर्ने समस्या,

- गाजल तथा सौन्दर्य सामाग्रीको अत्यधिक प्रयोग,

- भिटामिनको कमी,

- बाथको रोग, मधुमेह, थाइराइड सम्बन्धी समस्या आदि,

- महिनावारी बन्द हुँदा, पाठेघरको शल्यक्रिया,

- लामो समयसम्म आँखामा विभिन्न औषधिको प्रयोग,

- कतिपय मानसिक रोग तथा मुटुको रोगका औषधिको प्रयोग, आदि।

सुख्खा आँखाका लक्षण :

- आँखामा असजिलो महसुस हुनु,

- आँखा पोल्ने तथा दिउँसोपख रातो देखिने,

- आँखा सुख्खा हुने तथा दुख्ने,

- आँखामा चिप्प्रा लाग्ने च्यापच्याप हुने,

- आँखा चिम्लिरहन मन पर्ने,

- प्याज काट्दा आँसु नबग्ने,

- आँखामा केही बिझाएको जस्तो महसुस हुने, आदि।

उपचार :

सुख्खा आँखाको समस्याबाट पीडित बिरामीले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले आँखा धुनु उपयुक्त  हुन्छ। मोटरसाइकलमा हिँड्ने मानिसले भाइजर लगाउनुपर्छ। साथै, परेली तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्या तथा अन्य रोगको उपचार पनि महत्वपूर्ण हुन्छ।

यस्तै, आँखाको उपचारका लागि कृतिम आँसु प्रयोग गर्नुबाहेक अर्को विकल्प छैन। साथै, आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनुपर्छ। घाममा निस्किँदा कालो चस्मा लगाउनुपर्छ। कतिपय अवस्थामा औषधिको साटो सामान्य शल्यक्रिया आवश्यक हुन सक्छ। यसको लामो समयसम्म उपचार गराउनुपर्ने हुनाले चिकित्सकको निगरानीमा रहनुपर्छ। 

यो पनि :  चिसो मौसममा बल्झिने 'पिनास' बाट जोगिन आयुर्वेदिक उपचारबारे जानौं

Last modified on 2022-12-07 14:20:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts