पुरुषका लागि पनि गर्भनिरोधक खोप विकास



Download our app to get more features

एजेन्सी, १३ मंसिर । भारतका वैज्ञानिकहरुले पुरुषका लागि गर्भनिरोधक खोपको विकास गरेको दावी गरेका छन् । उनीहरुको दावी अनुसार खोपमार्फत मेल कान्ट्रोसेप्टि गरिने यो विश्वमै पहिलो खोप हो  ।
यो खोप इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च अर्थात आइसिएमआरले विकास गरेको हो । आसिएमआरका वैज्ञानिक डा. आरए शर्माका अनुसार यो खोप एक पटक लगाएपछि १३ वर्षसम्म काम गर्छ । डा. शर्माका अनुसार खोप परीक्षण भारतको दिल्ली, हिमाचल प्रदेश, जम्मु, पञ्जाब र राजस्थानमा गरिएको थियो । परीक्षणमा सहभागी पुरुषहरु सबैको पहिला नै दुई बच्चा थिए । डा. शर्माका अनुसार आइसिएमआरले खोपको विकास र अनुशन्धान सन् १९८४ देखि नै गरेको थियो । 

खोपमा प्रयोग हुने पोलिमरको विकास प्राध्यापक एसके गुहाले विकास गरेका हुन् । गुहाका अनुसार अब यो औषधि स्विकृतिको लागि ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिजिसिआइ) मा गएको छ । डिजिसिआइबाट अनुमति प्राप्त भएसँगै औषधि कम्पनीलाई औषधि बनाउन अनुमति दिइनेछ ।     
 

Last modified on 2019-12-01 06:08:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts