सीटी स्क्यान गर्नुभन्दा पहिले के के कुरामा ध्यान दिने ?



Download our app to get more features

के हो सीटी स्क्यान ?
सीटी स्क्यान शरीरका अङ्गहरुको जाँच गर्ने एउटा प्रक्रिया हो । यसको पुरा नाम कम्प्यूटराइज्ड टोमोग्राफी स्क्यान (सीटी स्क्यान) अथवा कम्प्यूटेड एक्सिअल टोेमोग्राफी हो । । यो जाँच सामान्य एक्स–रे जस्तै हुन्छ तर एक्स – रे को तुलनामा सीटी स्क्यान धेरै नै आधुनिक हो र एक्स – रे भन्दा बढी जानकारी दिने गर्दछ । सीटी स्कैन को सहायताले शरीरभित्रका हड्डी, नसा र साँप्mट टिशूजको जाँच गरिन्छ ।

सीटी स्क्यान गर्नुभन्दा पहिले के के कुरामा ध्यान दिने ? 
सीटी स्क्यानको लागि विरामीलाई मसिनभित्र सुताउने गरिन्छ । यो मसिनको आकार सुरुङ जस्तै हुने गर्दछ । यो मसिनको भित्री भाग विभिन्न एंगल बनाई घुम्ने गर्दछ र जाँच गर्नुपर्ने अङ्गहरुको जाँच गरिन्छ । जाँचमा स्कैनर अथवा सीटी मसिनले शरीरका भित्री भागहरुको अलग–अलग लेवलमा चित्र लिने गर्दछ र त्यसपछी कम्प्यूटरको सहायताले अलग–अलग लेवलमा लिइएको चित्रहरुलाई मिलाएर अङ्गहरुको मल्टी डाइमेंशनल इमेज बनाउने गरिन्छ र बिरामीको जाँच गरिन्छ । सामान्य एक्स–रे जहाँ यो कुरा मात्र बताईन्छ की अङ्गहरु कुन अवस्थामा छ र त्यही सीटी स्क्यानको माध्यमबाट अङ्गहरुको स्थितिको अलावा रोग कुन स्टेजमा छ भन्ने पत्ता लगाउने गरिन्छ ।
१.    सीटी स्क्यान गर्ने रेडियोग्राफर टेक्नोलोजिष्टलाई पेसेंन्टको सम्पूर्ण मेडिकल हिष्ट्री थाहा हुनुपर्छ । 
२.    यदी जाँच बिहान ८ बजे देखि ९ बजेको बीचमा छ भने त्यो दिनभन्दा पहिले नै राती १२ बजे पछि खुवाउनु हुँदैन । (विशेषतः औषधी दिएर जाँच गर्ने बिरामीको हकमा यो लागु हुनेछ ।)
३.    बिरामीको जाँच गर्नु भन्दा पहिले ब्लड युरिया र क्रिएटिनिन लेवल हेर्नुपर्छ । (विशेषतः औषधि दिएर जाँच गर्ने बिरामीको हकमा यो लागु हुनेछ ।)
४.    यदि मधुमेहको बिरामी छ भने सुगर लेवल १०० भन्दा बढी हुनु हुँदैन ।
५.    बिरामीको जाँचगर्नुपर्ने ठाउँको कपडा मेटल फ्री हुनुपर्छ ।
६.    मसिनभित्र सुत्ने बेलामा डराउनुहुँदैन र रेडियोग्राफर टेक्नोलाजिष्टले बतएअनुसार गर्दै जानुपर्छ ।
७.    सीटीमा एउटा अङ्गको स्क्याननिङ्ग गर्नको लागि ५ देखि ३० मिनेट सम्मको समय लाग्न सक्छ ।
८    यदि जाँच गर्ने रोग बाहेकको शरीरमा कुनै अर्को रोग अथवा कुनै पनि रोगको औषधि खाइरहनु भएको छ भने रेडियाग्राफर टेक्नोलाजिष्टलाई जाँच गर्नुभन्दा पहिले नै बताइदिनुपर्छ । 
९.    कहिलेकाही आमाशय अथवा आन्द्राको जाँचको लागि जाँच भन्दा पहिले बिरामीलाई औषधि खुवाउने गरिन्छ । यो औषधिले बिरामीलाई कहिलेकाही एलर्जी हुनसक्छ । त्यस्तो अवस्थामा आतिनु हुँदैन र रेडियोग्राफर टेक्नोलोजिष्टलाई बताइदिनुपर्छ । यो औषधि शरीरको लागि हानिकारक हुँदैन । वास्तवमा यो आयोडिनको घोल हुने गर्दछ ।
१०.    अन्य अङ्गहरुको जाँचका लागि नशाको शिराभित्र कन्ट्रास्ट औषधि दिने गरिन्छ तर यसको नकारात्मक असर पनि हुने भएकोले रेडियोग्राफर टेक्नोलोजिष्टले भने बमोजिम सावधानी अपनाउनुपर्छ । यो औषधि तीन चार दिनमा शरीरबाट बाहिर आफै जाने गर्दछ । 
११.    बिरामीको जाँच गर्नुभन्दा पहिले बिरामीको सम्बन्धीत व्यक्तिबाट मञ्जुरीनामा लिई जाँच प्रक्रिया अगाडि बढाइन्छ ।

के हो सीटी कन्ट्रास्ट ?
सीटी कन्ट्रास्ट एक रंगहिन पदार्थ हो जुन बिरामीको शरीर भित्र बगिरहेको रगतमा इन्जेक्सनद्वारा पठाइन्छ । यो कन्ट्रास्ट औषधिले शरीर भित्र कुनै दाग देखिदैन । सीटी स्क्यान प्रक्रियालको दौरान यसलाई प्रयोग गरिन्छ । ताकि शरीरको भित्री भाग अत्यन्तै स्पष्ट रुपले देख्न सकियोस् । तसर्थ रोगको पत्ता लगाई निदान गर्न सजिलो हुन्छ । 

 

(लेखक तथा गीतकारः राजेश कुमार दास राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रेडियोग्राफर टेक्नोलोजिस्ट हुन्)

Last modified on 2019-12-09 06:08:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts