त्रिविका विद्यार्थीले पाउने भए एक लाख उपचार खर्च



Download our app to get more features

काठमाडौं, २२ मंसिर । त्रिभुवन विश्वविद्यालयले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा एक लाख रुपैयाँसम्म खर्च गर्ने भएको छ । 

त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च एक लाखसम्म उपलब्ध गराइने त्रिविले जनाएको हो । यसअघि त्रिविले प्रतिविद्यार्थी ५० हजारसम्मको खर्च गर्ने गरेको भएपनि यसवर्षबाट भने एक लाखा पु¥याइएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले हाम्रो डाक्टरले बताए ।

उनका अनुसार देशभरि आङ्गिक क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले उक्त सुविधा पाउने छन् । त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट उक्त सुविधा दिनेछ । ती अस्पतालसँग त्रिविले उपचार खर्चका लागि एक लाखसम्म खर्च गर्ने गरी सम्झौता गरेको छ । 

सम्झौताअनुसार ती अस्पतालले प्रयोगशाला परीक्षण, शैया शुल्कमा प्रति विद्यार्थीलाई एक लाखसम्म उपचार खर्च व्यहोर्ने गरेका छन् । यसै आर्थिक वर्षमा अन्य क्याम्पस र अस्पतालसँग सम्झौता गर्ने तयारी गरिरहेको त्रिविले जनाएको छ ।
 

Last modified on 2019-12-08 12:38:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts