टाइफाइडविरुद्ध विकसित नयाँ खोपको 'ट्रायल' नेपालमा !



Download our app to get more features

काठमाडौं, १९ मंसिर । टाइफाइडविरुद्ध विकास गरिएको नयाँ खोपको 'ट्रायल' नेपालमा गरिएको छ । बेलायतले तयार पारेको उक्त खोपको परीक्षण प्रभावकारी रहेको पुष्टि भएको छ । नेपाल लगायतको तेस्रो विश्वका मुलुकहरुमा खोप लगायत अन्य औषधिको ट्रायल परीक्षण विगत देखि नै हुँदै आएको छ । विकसित मुलुकले उत्पादन गरेका यस्ता खोप र औषधिहरु अविकसित मुलुकका नागरिकमा परीक्षण हुन गलत भएको टिकाटिप्पणी पनि हुने गरेको छ । 

टाइफाइडविरुद्धको खोप नेपालमा भएको अन्तिम चरण (फेज ३) परीक्षणले सो खोप प्रभावकारी भएको पुष्टि भएको छ । परीक्षणको नतिजा वैज्ञानिक जर्नल न्यु इग्ल्याड जर्नल अफ मेडिसिनमा प्रकाशित छ । २४ जना अनुसन्धाताको सहलेखनमा प्रकाशित यो शोध लेखमा ९ जना अनुसन्धाता नेपालका हुन् । 

रोग लागिसकेपछि उपलब्ध ओखतीले समेत काम नगर्ने प्रतिरोध क्षमता हासिल गरेका खतरनाक ब्याक्टेरियाबाट बचाउन रोगै लाग्न नदिने उपाय खोप हो ।
बेल मेजेन्डा फाउन्डेसनको आर्थिक सहयोग र पाटन अस्पतालको अक्स्फोर्ड क्लिनिकल रिसर्च युनिटको सहकार्यमा अध्ययन पुरा भएको थियो । ९ महिनादेखि १७ बर्षको बालबालिकामा ललितपुरमा अध्ययन भएको हो । जसमा २० हजार बालबालिकामा परीक्षण गरीएको थियो । 

खोप दिएको आधा बालबालिकामा टाइफाइड पहिलो बर्षमा ८१% ले  घटेको जनाइएको छ ।बिज्ञहरुको अनुसार यो टाइफाइड रोकाथाममा कोसेढुङ्गा सावित भएको छ । टाइफाइड नेपाल जस्तो अविकसित देशमा प्रमुख सरुवा रोग र मृत्युको कारण बनेको छ । 

सामाजिक सञ्जालमा विरोध 
नेपालमा खोपको प्रभावकारिता कति छ भनेर गरेको ट्राएल परीक्षणलाई लिएर सामाजिक सञ्चालमा विरोध भइरहेको छ । नेपालका सामाजिक सञ्चाल प्रयोगकर्ताले नेपालमा हुने यस्तो परीक्षणप्रति आपत्ति जनाएका छन् । यस्तो जोखिमपूर्ण निर्णय कसरी भयो ? यसको अनुमति कसले दियो ? भन्दै सामाजिक सञ्जालमा आक्रोस पोखिएको छ । 


 

Last modified on 2019-12-06 07:44:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts