ब्रेस्ट मसाजको छ अनेक फाइदा, जानौं गर्ने सहि तरिका



Download our app to get more features

जब कुरा सेल्फ केयरको हुन्छ अनि महिलाहरु आफ्नो छालालाई स्वस्थ राख्नका लागि फैशियल, स्क्रब र विभिन्न स्किन केयर अपनाउछिन् । जब उनको शरीरको कुरा आउँछ अनि जिम जाने, योगा गर्ने र विभिन्न हेल्थी डाइटहरु खान थाल्छिन् भने दिमागलाई स्वस्थ र शान्त बनाइराख्नका लागि ध्यान गर्ने काम गर्छिन् । तर, आफ्नो स्तनलाई कसरी हेल्थी र आकारमा राख्ने त्यसमा भने प्रायः महिलाहरु खासै केही गर्दिनन् । ब्रेस्ट मसाज मात्रै  सेक्शुअल स्टिम्युलेशनको लागि भएर यसले विभिन्न स्वास्थ्यमा पनि फाइदा पुर्याउने काम गर्छ । 

पारम्परिक आयुर्वेदिक मसाजमा स्तनको मसाज पनि गर्ने गरिन्छ । ताकि हेल्दी ब्रेस्ट टिस्यू उत्पन्न हुन सक्छ, रगतको बहाव बढ्ने र तपाईंको ब्रेस्टको आकार पनि राम्रे हुन सक्छ । ब्रेस्ट मसाज गर्नाले स्तन खुकुलो हुन दिँदैन । साथै ब्रेस्टको मांसपेशी पनि सहि आकार र राम्रो हुन्छ । 

लिम्फैटिक फ्लूइड प्रभावित नहोस्
जब महिलाहरु टाइट लुगा विशेषगरी ब्रा लगाउछिन् तब ब्रेस्टमा लिम्फैटिक फ्लूइडको  काममा रोकावट उन्पन्न हुन्छ । जसले गर्दा छाती, ब्रेस्ट र अन्डरआर्म्समा जम्मा भएको लिम्फ यानी लसीका फ्लूइडलाई फेरि स्टिम्यूलेट गर्नका लागि ब्रेस्ट मसाज गर्नु आवश्यक हुन्छ ।

ब्रेस्ट क्यान्सको खतरा हुन्छ कम 
कतिपय अवस्थामा ब्रेस्टमा गाँठो बन्न जान्छ र तपाईंलाई पत्ता पनि हुँदैन । पछि त्यहि गाँठो विस्तारै ब्रेस्ट क्यान्सरमा परिणत हुन्छ । यदि तपाईं नियमित ब्रेस्ट मसाज गर्न थाल्नुहुन्छ भने तपाईंको बे्रस्टमा त्यस्तो प्रकारको कुनै गिर्खा वा गाँठो आएमा तपाईं तुरुन्त त्यसको उपचार तर्फ लाग्न सक्नुहुन्छ र तपाईंलाई ब्रेस्ट क्यान्सरको खतरा कम हुन सक्छ ।

यी तेलले गर्नुहोस् मसाज
प्रायः जसो महिलाहरु कुनै अनजान व्यक्ति चाहे त्यो महिला नै किन नहोस् तिनको हातबाट  ब्रेस्ट मसाज गराउनमा कम्फर्टेबल महसुस गर्दिनन् । यस्तोमा तपाईं घरमा आफैंले मसाज गर्न सक्नुहुन्छ । उसो त तपाईं कुनैपनि तेलले ब्रेस्ट मसाज गर्न सक्नुहुन्छ तर, बादामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले ब्रेस्ट मसाज गर्नु बढी फाइदाजनक हुन सक्छ ।

घरमै यसरी गर्नुहोस् ब्रेस्ट मसाज
मसाज गर्नुभन्दा पहिले नुहाउनु राम्रो हुन्छ । त्यसपछि हातमा तेल लगाएर हल्का हातले ब्रेस्टमाथि गोलाकारमा मसाज मसाज गर्न सुरु गर्न सक्नुहुन्छ । यदि तपाईं नुहाउन चाहनुहुन्न भने ब्रेस्टलाई तातो तौलिया राखेर हल्का वार्म गरिहाल्नुहोस् । मसाजको यो मोशनलाई कम से कम ३० पटक सम्म माथि र तलको दिशामा पनि मसाज गर्नुहोस् ।

Last modified on 2019-12-08 08:28:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts