काँचो प्याज खानाले हुन्छ अनेक फाइदा



Download our app to get more features

प्याज काट्नु निकै नै कठिन काम हो, किनभने प्याज काट्दा आँखाबाट आँशु आउने हुँदा हतपती कसैले पनि प्याज काट्न चाहँदैन । तर, प्याजले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई कति फाइदा हुन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ । प्याजमा एन्टी–इन्फ्लेमेट्री गुण पाइन्छ । साथै यसमा एन्टी–एलर्जिक, एन्टी–अक्सीडेन्ट र एन्टी–कार्सिनोजेनिक गुण पाइन्छ । 

त्यति मात्र नभई प्याजमा पर्याप्त मात्रामा भिटामिन ए, बी–६, बी–कम्प्लेक्स र सी पनि पाइन्छ । प्याजमा आइरन, फोलेट र पोटाशियम जस्ता खनिज पदार्थ पनि पर्याप्त मात्रामा पाइन्छ । प्याज सल्फ्यूरिक कम्पाउन्ड्स र फ्लेवोनोइड्सको राम्रो स्राते पनि हो ।

काँचो प्याजको प्रयोग गर्ने धेरै तरिकाहरु छन् । केहीले प्याजलाई सलादको रुपमा खान रुचाउँछन् भने कसैले पिज्जामा खान र कसैले अचार बनाएर खान मन पराउँछन्  ।

प्याज खानुको फाइदा ः 

१. काँचो प्याजलाई कपालमा लगाउनाले कपाल लामो हुने र चाँयाको समस्यामा राहत हुन्छ । काँजो प्याजको रस कपालको जरादेखि नै लगाउनुपर्छ ।

२. काँजो प्याजको सेवनले ब्लड शुगर नियन्त्रण गर्नमा मद्दत गर्छ । त्यसैले मधुमेहका रोगिहरुका लागि काँचो प्याज बढी फाइदाजनक हुन्छ ।

३. प्याजमा धेरै प्रकारका तत्वहरु पाइन्छ, जुन क्सान्सरबाट जोगाउनमा सहयोगी हुन्छ ।

४. काँचो प्याज खानाले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ । 

५. प्याजमा पाइने भिटामिन सी र क्याल्शियम मुखको स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-04 15:25:36

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts