कोरोना महामारीको क्रममा खट्ने स्वास्थ्यकर्मीलाई यथाशिघ्र जोखिम भत्ता वितरण गर्न माग



Download our app to get more features

काठमाडौं, २१ साउन । अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रीय समितिले कोरोना महामारीको क्रममा सरकारले दिने भनेको जोखिम भत्ता यथा शिघ्र वितरण गर्न माग गरेको छ ।

युनियनले कोरोना संक्रमणको जोखिममा खटिएका चिकित्सक, नर्स, पारामेडिक्स, अन्य स्वास्थ्यकर्मी तथा प्रशासनीक कर्मचारीहरुले पाउनुपर्ने जोखिम भत्ता हालसम्म अधिकांश सथानीय, प्रदेश र संघमार्फत्का तीनै तहका सरकारहरुले रकम निकासामा ढिलाई गरेकोले यताशिघ्र जोखिम भत्ता निकासा गरि वितरण गर्न माग गरेको हो ।

युनियनले विगत ४ महिनादेखि आफ्ना परिवार तथा बालबच्च समेत नभनी अहोरात्र कोरोना भाइरसको जोखिमपूर्ण कार्यको अग्रलस्तमा खटिएका कर्मचारीहरुको जोखिम भत्ता वितरण नहुनाले कर्मचारीको मनोबल कमजोर हुने र उनीहरुको अवमूल्यन भएको उल्लेख गरेको छ । 

जोखिम भत्ता व्यवस्थापन आदेशको दफा ९ (२) अनुसारको आदेशमा २०७७ असाढ मसान्तसम्मका लागि मात्र जोखिमभत्ता वितरण हुने भन्ने आदेश भएकोमा असाढ मसान्त पछिका दिनमा समेत जोखिम मोलेर कार्य गर्ने कर्मचारीहरुका लागि समेत पुनः जोखिम भत्ता वितरण सम्बन्धीत आदेश हुने व्यवस्था भएमा कर्मचारीहरुको कार्यमा गतिशिलता प्राप्त हुने तर्फपनि सम्बन्धीत निकायको युनियनले ध्यानाकर्षण गराएको छ ।

Last modified on 2020-08-05 12:04:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts