‘विश्व फर्मासिष्ट दिवस’ नेपालमा विभिन्न कार्यक्रम गरी मनाइयाे (फाेटाे फिचर)



Download our app to get more features

चितवन, ९ असाेज । सेप्टेम्बर २५ अर्थात् दशौँ ‘विश्व फर्मासिष्ट दिवस’ काे अवसरपारी विभिन्न  कार्यक्रम गरी मनाइएकाे छ ।

‘विश्वव्यापी स्वास्थ्यलाई रूपान्तरण गर्दै’ भन्ने नाराका साथ यस वर्ष नेपाललगायत विश्वभर शुक्रवार विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएकाे हाे ।

चितवनमा पनि विभिन्न कार्यक्रम गरी ‘विश्व फर्मासिष्ट दिवस’ मनाइएकाे छ । मानव सेवा आश्रममा भाेजन गराउने, निःशुल्क औषधि वितरण, जनचेतनामुलक कार्यक्रम तथा साँझ दिप प्रज्वलन गरिएकाे छ ।

सो कार्यक्रमा फर्मासिष्टहरुले विभिन्न ठाउँमा ठूलो अक्षरमा ‘ह्यापि फर्मासिष्ट डे’ लेखेर त्यसमै दिप प्रज्वलन गरेका थिए । 

“फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो हो । स्वास्थ्य समाजको निर्माणको निम्ती फर्मासिष्टहरुको निकै महत्वपूर्ण भूमिका हुन्छ । सबैभन्दा पहिला आफू दक्ष फर्मासिष्ट बनेर स्थापित हुनुपर्छ ।” – भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजन पाण्डेले कार्यक्रमलाई संवोधन गर्दै भने । 

त्यसै गरी कार्यक्रमा बोल्दै भरतपुर अस्पतालका फार्मेसी विभागका विभागीय प्रमुख डा. देविराम पाेखरेलले भने– “नयाँ औषधि पत्तालगाउने, औषधि बनाउने, त्यसको गुणस्तर निर्धारण गर्ने, गुणस्तर चेकजाँच गर्ने, बिरामीको पुर्जामा भएका त्रुटिहरुलाई सच्याउने, औषधि तथा रोगको बारेमा बिरामीलाई उचित परामर्श दिने, अन्य स्वास्थ्यकर्मीहरुलाई औषधिको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने । बिरामीको हरेक स्वास्थ्यसमस्यामा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने जस्ता क्षेत्रहरुमा फर्मासिष्टको महत्वपूर्ण भूमिका हुन्छ ।” साथै फार्मेसी सन्चालन गर्ने अधिकार हामी फार्मेसी पढेकाहरुलाई मात्र छ । लाइसेन्स भाडामा दिएर आफ्नो व्यवसाय र जनस्वास्थ्यमा असर पर्ने गतिविधी नगर्न समेत उनले अनुरोध गरे । 

फर्मासिष्ट वास्तवमा को हुन? भन्ने कुरामा अझैपनि धेरै अनविज्ञ रहेको हुँदा उनीहरु स्वास्थ्य क्षेत्रका उदाउदा बत्ति हुन भन्ने सांकेतीक सन्देश दिने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको अर्का फर्मासिष्ट सूर्यविक्रम थापाले बताए । उनले यस क्षेत्रको विकासको निम्ती सबैलाई एकजुट भई हातेमालो गरेर अघि बढ्न समेत अनुरोध गरेका छन् । 

कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिष्ट, सहायक फर्मासिष्ट (फार्मेसी सहायक ) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो । अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिष्ट दिवसको अवसर पारी फर्मासिष्टहरुले चितवन लगायत देशभर एकआपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् ।

Last modified on 2020-09-26 06:35:23

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts