विराटनगरमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु



Download our app to get more features

विराटनगर, १३ कात्तिक । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विराटनगरमा थप पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा दुई, न्युरो अस्पतालमा दुई र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो ।

विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका– १२ की ७५ वर्षीया महिला र सप्तरीको मौली– ५ का ६० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो । धरानकी वृद्धा महिला ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् । उनलाई ९ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै सप्तरीका पुरुषमा १२ कात्तिकमा कोरोना पाजेटिभ देखिएको थियो । उनी ११ कात्तिकमा उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । दुवै जनामा श्वासप्रश्वासको समस्या रहेको अस्पतालले बताएको छ ।

अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार विराटनगर महानगरपालिका– ७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगर– ३ का पुरुषको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो भने विराटनगर ७ की महिलाको बुधबार राति मृत्यु भएको थियो ।

३ कात्तिकमा न्युरो भर्ना भएका विराटनगर ३ का पुरुषमा २९ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ७ कात्तिकमा भर्ना भएकी विराटनगर – ७ की महिलामा ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा झापाको कनकाई नगरपालिका– ३ सुरुङगाका ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार बेलुका भर्ना भएका पुरुषको  बिहीबार मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts