भरतपुर अस्पतालमा उपचाररत चितवनका ५२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु



Download our app to get more features

चितवन, ९ मंसिर । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरूषको मृत्यु भएको छ ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरूषको आज बिहान ७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । 

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनीलाई यहि मंसिर ४ गते अस्पताल भर्ना गरिएको थियो । उनमा मंसिर ७ गते संक्रमण पुष्टि भएको थियो । 

उनको स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि सोमबारदेखि कोभिड आईसियूमा राखेर उपचार शुरू गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको अस्पतालले जनाएको छ । उनमा जटिल प्रकृतिको कोभिड निमोनिया समेत देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts