भरतपुर अस्पताललाई भेन्टिलेटरसहित २० लाख भन्दाबढीको स्वास्थ्य सामग्री हस्तान्तरण 



Download our app to get more features

चितवन, ८ मंसिर । चितवनस्थित भरतपुर अस्पताललाई भेन्टिलेटरसहित २० लाख भन्दाबढीको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

सोमवार एक कार्यक्रमबीच कोका-कोला फाउण्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को साझेदारी सो सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।

कोरोना महामारी विरुद्धको लडाईंको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाको लागि सो स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठक र चितवन रेडक्रस शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई एक कार्यक्रमका बीच सोमबार दिउँसो हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार आठसय पचास रूपैयाँ मुल्यको आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटरका साथै ६ हजार पिस सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पन्जा, एकसय थान सुरक्षा पोशाक, केएन ९५ मास्क दुई सय थान र ५० थान सुरक्षा चस्मा रहेका छन् । ती सबै सामग्रीहरुको मूल्य २० लाख ३ हजार ६ सय सन्ताउन्न रहेको नेपाल रेडक्रसका केन्द्रीय उपकोषाध्यक्ष पाठकले बताए ।

नेपाल रेडक्रस र कोकाकोला नेपालको यो साभेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुशी व्यक्त गर्दै पाठकले भने ः “कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न र विरामीहरुलाई संरक्षण गर्ने यो एउटा प्रयास हो ।”

अस्पताललाई सो सहयोग गरेकोमा कोका-कोला फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी (नेरेसो)लगाएतका सहयोगी दातालाई भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले आभार व्यक्त गरे ।

कार्यक्रममा भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जगन्नाथ तिवारी, नेपाल रेडक्रसका केन्द्रीय सदस्य तीर्थराज घिमिरे र कुमार थापा, प्रताप विष्ट, नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ता, कोकाकोलाका प्रतिनिधि प्रवन्धक विक्रम केसी, नेपाल रेडक्रस सोसाइटी चितवनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Last modified on 2020-11-24 02:42:07

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts