म्याग्नस फर्माले ल्यायो रगत पातलो बनाउने औषधि ''रिभारोक्साबन'' बजारमा
काठमाडौं, २६ पुस । नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले रगतलाई पातलो बनाउने (एन्टिकोअगुलेन्ट) औषधि रिभारोक्साबन (Rivaroxaban) बजारमा ल्याएको छ ।
कोवग्रीभ (COAGRIV) ब्रान्डको साथमा म्याग्नसले यो औषधि नेपाली बजारमा ल्याएको हो । म्याग्नसले नयाँ–नयाँ औषधिहरु नेपाल मै उत्पादन गरी देशको परानिर्भरता कम गर्दै सर्वशुलभ रुपमा देशमै औषधि उपलब्ध गराउदै आएको छ ।
के हो रिभारोक्साबन ?
रिभारोक्साबन एक प्रकारको एन्टिकोअगुलेन्ट औषधि हो । यसले रगतको थक्का (Blood Clot) बन्ने प्रक्रियालाई बन्द गरेर रगतलाई पातलो बनाउने काम गर्दछ । धेरै रगतको थक्का बन्ने हो भने त्यस्ले मुटु, मष्तिश्क, रक्तनली तथा शरीरको अन्य भागमा घातक समस्या निम्त्याउन सक्छ । कोवग्रीभ (COAGRIV) को उपयोग नसामा रगत जम्ने (Deep Vein Thrombosis) र फोक्सोको नसामा रगत जम्ने (Pulmonary Embolism) को उपचार र रोकथाममा प्रयोग गरिन्छ ।
एट्रियल फाइब्रिलेशन (Atrial Fibrillation) या कृत्रिम हृदय वाल्व को कारणले हुन सक्ने स्ट्रोक रोक्नका लागि पनि यसको प्रयोग गरिन्छ । यस औषधिले रगतको थक्का (Blood Clot) बन्नको निम्ती आवश्यक पर्ने तत्व ‘फ्यक्टर टेन ए (Factor Xa)’ लाई काम गर्न नदिएर रगतलाई पातलो बनाउने गर्दछ ।
किन उचित मानिन्छ रिभारोक्साबन ?
रगत जमेर हुनसक्ने विभिन्न रोगका लागी करिब ७० वर्षदेखि वर्फारिन (Warfarin) को प्रयोग हुँदै आएको छ । तर, वार्फरिन को प्रयोग गर्दा बिरामी र चिकित्सकले धेरै चुनौती सामना गर्दै आउनु परेको छ । पहिलो र महत्वपूर्ण वार्फरिनले रक्तस्राव हुने सम्भावना धेरै मात्रामा बढाउने भएकोले वार्फरिन खाइरहेको बिरामीले नियमित रुपमा अस्पताल गएर विशेष किसिमको आइएनआर (INR) मापन जस्तो झनझ्टिलो काम गर्नुपर्ने हुन्छ । त्यसै गरेर वर्फारिनको खाना र अन्य औषधिसँग अन्तरक्रिया (Food and drug interaction) बढी हुने भएकोले यसले हाम्रो शरिरमा साइड इफेक्ट पनि देखाउने सम्भावना बढी हुन्छ । Rivaroxaban को प्रयोग गरेर यस्ता समस्यालाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ । किनभने यस्को प्रयोग गर्दा आइएनआर जाँच गर्नु आवश्यक हुँदैन, जसले गर्दा बिरामीले नियमित अस्पताल धाइराख्नु पर्दैन । साथै यस्को खाना र अरु औषधिसँग पनि कुनै किसिमको अन्तरक्रिया नहुने भएकोले यस औषधिलाई रगत पातलो गर्ने अरु औषधि भन्दा निकै सुरक्षित मानिन्छ ।
हाल बजारमा अन्य नयाँ प्रकारका एन्टिकोअगुलेन्ट औषधि भए तापनि प्रभावकारिता र सुरक्षाको आधारमा चिकित्सकहरुको रोजाइमा रिभारोक्साबन नै सर्वोत्कृष्ट हुने कुरामा आफु विश्वस्त भएको कम्पनीका बजार निर्देशक सुधीरप्रकाश मास्के दाबी गर्दछन् ।
कोवग्रीभ (COAGRIV) १०, १५ र २० एमजीमा उपलब्ध छ । जसको हाल बजारमूल्य क्रमशः ७५, ८५ र ९५ रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । मुल्यको आधारमा यो अन्तर्राष्ट्रिय बजारको तुलनामा निकै कम हो । कोवग्रीभ (COAGRIV) चिकित्सकको परामर्श अनुसार खानु पर्दछ र कुनै पनि किसिमको साइड इफेक्ट देखिएमा चिकित्सकलाई सम्पर्क गर्नु पर्दछ ।