भारतले विकास गरेको कोरोना विरुद्धको खोप लगाएका एक स्वयंसेवीको मृत्यु



Download our app to get more features

भारत, २६ पुस । भारतीय स्वदेशी कम्पनीले विकास गरेको कोरोना विरुद्धको खोप लगाएका एक स्वयंसेवीको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेशको राजधानी भोपालमा भारतको बायोटेकले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षणको क्रममा एक स्वयंसेवीको मृत्यु भएको हो ।

स्वयंसेवीका परिवारजनले आफ्नो छोराले कोरोना विरुद्धको खोप लगाएकै कारण मृत्यु भएको आरोप लगाएको छ । तर, बायोटेकले पनि स्पष्टिकरण दिँदै स्वयंसेवीलाई खोपको डोज दिएको ९ दिनपछि मृत्यु भएको र प्रारम्भिक अनुसन्धानमा उनको मृत्युको सम्बन्ध खोपसँग नभएको बताएको छ ।
 
बायोटेकले बयान जारी गर्दै २१ डिसेम्बर २०२० मा एक स्वयंसेवीको मृत्यु भएको र यो तेस्रो चरणको खोप परीक्षण रहेको बताएको छ । 

कोरोनाको खोप लगाएका ती स्वयंसेवीलाई निगरानीमा राखिएको र खोपको डोज लगाएको सातौं दिनमा उनको स्वास्थ्य अवस्थामा कुनै समस्या नआएको र उनी स्वस्थ रहेको बताइएको थियो । 

Last modified on 2021-01-10 18:30:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts