भारतको महाराष्ट्रस्थित जिल्ला अस्पतालमा विद्युत सर्ट हुँदा १० नवजात शिशुको मृत्यु



Download our app to get more features

भारत, २५ पुस । भारतको महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागि हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । 

भन्डारा जिल्लाको अस्पतालका सिभिल सर्जन डा. प्रमोद खन्डातेका अनुसार शुक्रवार नवजात शिशु राखिएको वार्डमा आगलागि हुँदा १९ जना शिशुहरुको मृत्यु भएको हो । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार रातको समय वार्डबाट धुँवा निस्केको देखेपछि नर्सले प्रशासनलाई जानकारी गराएको र विद्युत सर्टका कारण आगलागि भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । 

जिल्ला अस्पतालमा अबेर राति विद्युत सर्ट हुँदा सिक न्यूबर्न केयर यूनिट (एसएनसीयू) मा आगलागि भएको हो ।

आगलागिमा परेकामध्ये ७ जना शिशुहरुलाई जिवितै उद्दार गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि माग गरिएको छ ।

Last modified on 2021-01-09 12:33:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts