नवजात शिशुको स्याहार कसरी गर्ने ? यस्ता छन् डा. पाठकका सुझाव



Download our app to get more features

१) नवजात शिशुका लागि आमाको दूध अमृत समान हुन्छ । त्यसैले आमाको दूध मात्र ६ महिनासम्म र अन्य खानेकुरा सहित आमाको दूध २ वर्षसम्म दिनुपर्छ ।

२) कुनै कारणबस आमाको दूध नआए फर्मुला फिड दिन पर्छ । सो दिँदा दुधदानि (bottle feed) को प्रयोग गर्नु हुँदैन, कचौरा मा बनाएर चम्चाले दिनुपर्छ । तर आमाको दूध नआउने वा नपुग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

३) आमाको दूध नआए अरु आमाको दूध दिनु हुँदैन ।

४) १ वर्षको उमेरसम्म गाई भैंसीको दुध दिनु हुँदैन । यसले एलर्जी बढाउने सम्भावना हुन्छ । 

५) बच्चालाई आँखामा गाजल लगाउनुका साथै आँखा र कानमा तेल हाल्ने गर्नु हुँदैन । 

६) स्वस्थ नवजात शिशुलाई पनि १ वर्षको उमेरसम्म हरेक दिन भिटामिन डि दिनु पर्छ । सो बाहेक अन्य कुनै औषधि र भिटामिन आवश्यक हुँदैन ।   

७) शिशुलाई तेल लगाउन हुन्छ तर तोरीको तेलले रातो डाबर र बिबिरा आउने सम्भावना हुन्छ । त्यसैले नरिवलको तेल वा शिशुको लागि बनेको विशेष तेल लगाउन सकिन्छ ।

८) शिशु लागि सेक्दा तापक्रम बढर सक्ने र धुवाँले असर गर्न सक्छ ।

९) नवजात शिशुलाई धुँवा र धुलोबाट बचाउनु पर्छ । घरका मान्छेले घरभित्र वा बाहिर गरेको धुम्रपानले शिशुलाई प्रतिकुल असर गर्छ ।

१०) नवजात शिशुको हातमा पैसा वा मोबाइल राख्न हुँदैन, संक्रमण को जोखीम बढ्छ । शिशुलाई छुनु अघि हात साबुनपानीले राम्ररी धुनु पर्छ ।

(डा. ओम कृष्ण पाठक भरतपुर अस्पतालका नवजात शिशु तथा बाल सघन उपचार विशेषज्ञका रुपमा कार्यरत छन्)

Last modified on 2021-01-06 15:59:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts