विश्वभर एकैदिन थपिए ७ लाख ७९ हजारभन्दा बढी संक्रमित, १४ हजार १ सय १ को मृत्यु



Download our app to get more features

एजेन्सी, २५ पुस । विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ९३ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर थप ७ लाख ७९ हजार १ सय ९६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमितको हुनेको संख्या ८ करोड ९३ लाख २२ हजार ७ सय ९ पुगेको छ ।

यस्तै विश्वभर गत २४ घन्टामा थप १४ हजार १ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ लाख २० हजार ७ सय ९० पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ६ करोड ३९ लाख ९४ हजार २ सय २४ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ३४ लाख १६ हजार ५ सय ४४ रहेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर थपिएका संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा २ लाख ६३ हजार ७ सय २७ रहेका छन् भने ३ हजार ४ सय १३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड २४ लाख ५२ हजार ९ सय ४२ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख ७८ हजार १ सय १९ पुगेको छ । यस्तै हालसम्म संक्रमित भएकामध्ये १ करोड ३२ लाख ५७ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

यस्तै कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघिसकेको छ । गत २४ घन्टामा भारतमा १८ हजार ४ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने थप २ सय २९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ करोड ४३ लाख २ हजार ५ सय २६ पुगेको छ । जबकी हालसम्म संक्रमित भएकामध्ये झन्डै १ करोड ५५ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।
 
वर्ल्ड मिटरको तथ्यांकअनुसार गत २४ घन्टामा बेलायतमा ५४ हजार २ सय ४७, इटलीमा १७ हजार ५ सय ३३, ब्राजिलमा ५४ हजार २ सय ४७, जर्मनीमा २५ हजार ७ सय ५३, रुसमा २३ हजार ६ सय ५२, फ्रान्समा १९ हजार ८ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । 

Last modified on 2021-01-09 15:06:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts